जिल्लाको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

पक्राउ परेका व्यक्तिबाट नगद ११ लाख १५ हजार ४ सय ८५ र ३५ तोला ७२ लाल सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । पक्राउ गरिएका व्यक्तिको थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताएका छन् । अभियुक्तने आफू‌ मात्र घटनामा संलग्न रहेको वताए पनि अरुको पनि संलग्न रहने सक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको भुषालले जानकारी दिए ।

Leave a Reply