महन्थ जगतगुरु हिमालय बाबाले बेनी नगरपालिका–५,पुलाचौर ऋषिमुनीहरुको तपोभूमी रहेको बताउनुभएको छ । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेर श्रीमद्भागवत महापुराणमा समेत उल्लेख भएको पौलस्त्य पुलहाश्रम क्षेत्र र जगन्नाथ मन्दिर क्षेत्रएक महत्वपूर्ण स्थान भएको बताउनुभयो ।

शुक्रबार बेनी नगरपालिका–५,पूलाचौरस्थित जनकल्याण माविमा आयोजित धनेश्वरी–तारानाथ स्मृति कोषको सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जगदगुरू हिमालय बाबाले दानबहरुको पञ्जाबाट मुक्त भएको पुलाक्षेत्र धार्मिक र पर्यटनको दृष्टिकोणले अति महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस क्षेत्रको प्रर्बधनमा आफुँले समुदायसँग हातेमालो गर्ने तयार रहेको बताउनुभयो । विश्वशान्ती र मानब जातिको रक्षाका लागि पौराणिक एवं ऐतिहासिक तथ्यबाट अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।

ऋषि, राजऋषिहरुको यज्ञयज्ञादी एवं साधनास्थल एवं तपोभुमी कालिगण्डकी क्षेत्रको संरक्षणका लागि आफुँले म्याग्दीका धेरै योजना बनाएको बताउनुभयो । बेनी नगरपालिका–१ रत्नेचौरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला स्थापना गर्नुभएको छ । महन्थ जगतगुरु हिमालय बाबाले चर्चा गरेको पौलस्त्य पुलहाश्रमरामायणमा वर्णन गरिएका वीर, पराक्रमी र तत्कालीन अवस्थाका महान वैज्ञानिक रावणको जन्म भएको थियो भनेर श्रीमद्भागवत महापुराणलगायतका विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

रामायणमा खलपात्रको रूपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम पनि हो । श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्रलाई विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ ।

श्रीमद्भागवत महापुराणमा कुरु क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख छ गरिएको छ । तर, बेनी नगरपालिकामार्फत सञ्चालित रावण पार्क भने अहिले बजेट अभावका कारण अलपत्र परेको छ ।

 

Leave a Reply