म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा भकिम्लीको जयन्ती माविको टोलीले अवलोकन गरेको छ। बेनी नगरपालिका-३,भकिम्लीमा अवस्थित विद्यालयबाट जनप्रतिनिधि, विब्यस र शिक्षक प्रतिनिधिको टोलीले विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले भ्रमण तथा अन्तरक्रिया गरेको हो ।

भकिम्लीका वडा अध्यक्ष पदम पुन, विब्यस अध्यक्ष पूर्णबहादुर पुन, प्रधानध्यापक भोज जिसी सहितको टोलीले बेनी सामुदायिकको असल अभ्यास र शैक्षिक गुणस्तर सुधारका सूचकहरूका बारेमा अन्तरक्रिया गरेका थिए ।

समुदायको सक्रियतामा भौतिक पूर्वाधारमा पूर्णता पाएको जयन्ती माविको टोलीलाई स्वागत गदैं बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले सम्रग विद्यालयको अवस्थामा बारेमा जानकारी गराउँदै गुणस्तरीय शिक्षाका असल अभ्याससँगै भविस्यमा सहकार्यको वातावरण बनेको बताए ।

बेनी सामुदायिकका विब्यस अध्यक्ष सम्मरबहादुर थापाले बाहिरी जिल्लाबाट १६२ विद्यालयले अवलोकन भ्रमण गरेपनि म्याग्दी जिल्लाभित्रबाट जयन्ती मावि पहिलो भएको बताए ।

उनले भविस्यमा पनि शैक्षिक तथा अन्य विविध पक्षमा सहकार्यको वातावरण बनेका बताए । अवलोकन भ्रमणको क्रममा बेनी सामुदायिकमा अभिभावकको नियमित अनुगमन, शिक्षकको सामुहिक सहकार्य,प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, बालविकास, कम्यूटर तथा कक्षा कोठा ब्यवस्थापनमा लोभलाग्दो अभ्यास रहेको जयन्ती माविका विब्यस अध्यक्ष पुनले बताए ।

‘अब हामीले शैक्षिक गतिविधिलाई नै प्राथमिकता दिएका छौ,‘विद्यार्थीलाई पढाइमा केन्द्रित गर्ने भएको यो पहिला भ्रमण उपलब्धीमुलक बनेको छ’ अध्यक्ष पुनले भने ।

‘बेनी सामुदायिकको शैक्षिक सुधारमा शिक्षकको मेहनत र अभिभावको निगरानीले पनि सघाएको रहेछ‘ वडा अध्यक्ष पदम पुनले भने । विद्यालयका विद्यार्थी घट्न थालेपछि अब सामुदायिक विद्यालयबिचको सहकार्यलाई बलियो बनाउनुपर्ने बताए ।

Leave a Reply