गत चैत्र १९ गते पर्वतको जलजला गाउँपालिका-२,मल्लाजमा दहमा स्थानीय ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीको विभत्स हत्या भयो । धारिलो हतियार प्रयोग गरी हत्या भएको एक महिनाभित्रै हत्यामा संलग्न अभियुक्तको पहिचान भयो । मृतक दम्पत्तीको छिमेकी गाउँ नेपानेका ३२ बर्षिय कृष्ण बहादुर विश्वकर्मा र कुस्मा नगरपालिका–२,खुर्कोटका दिपक दर्जीलाई पर्वत प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरी सार्वजनिक ग¥यो ।

अपरेशन लालीगुराँस नाम दिइएको थियो । प्रहरीले घटनाको एक महिना पुग्न लाग्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै आलोचना समेत भएको थियो । तर, गत मंगलबार गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले दम्पत्ती हत्यामा संलग्न विश्वकर्मा र दर्जीलाई पक्राउ गरेको हो ।

‘अपरेशन लालीगुँरास’को नाममा गरिएको अनुसन्धानका बारेमा पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले घटनामा संलग्नको चिनजान, घटनाको अघिल्लो दिनदेखि पक्राउ पर्दासम्मको नालिबेली प्रस्तुत गरेका छन् ।

घटनाको अनुसन्धानका लागि खटिएको सिआइबी, गण्डकी प्रदेश प्रहरी, केनाइन शाखाबाट ट्रयाकर विषयमा विशेष तालिम प्राप्त ट्रयाकर कुकुर, पर्वत र म्याग्दी प्रहरीको ठूलो जनशक्ती परिचालनले घटनास्थलको सुक्ष्म अध्ययन तथा विश्लेषण, प्राविधिक विश्लेषण, सूचना संकलन तथा विषेशज्ञ टोलीबाट विभिन्न पद्धतीहरुको प्रयोग गरी घटनाको अनुसन्धान गरिएको थियो ।

यसरी बनेको थियो दम्पत्ती हत्याको योजना ?
चैत्र १९ गते राती घर नजिकै आगलागीले परालको टौवा जल्ने जोखिम देखेपछि स्थानीयसँग मिलेर आगो नियन्त्रण गरी अन्दाजी ९ः५५ बजे घरको भुईतलाको कोठामा सुतेको अवस्थामा अभियुक्तले चुरोट किन्ने बाहनामा मृतक सूर्यबहादुरलाई आफ्नो परिचय दिएर बाहिर बोलाएर धारिलो आँसी, काठको लाठी लगायतका घरेलु हतियार प्रयोग गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।

हत्या लगत्तै मृतक दम्पत्तीले लगाएको सुनको गरगहनाहरूm रिचार्ड कार्डहरु तथा केही नगद लुटेर भागेका थिए । अभियुक्तद्धय विश्वकर्मा र दर्जीबिच ४ बर्षअगाडी जिप चलाउने क्रममा चिनजान भएकोमा घटनाभन्दा १५ दिन अगाडी भेटघाट भई मदिरा तथा गाँजा सेवन गर्ने क्रममा मृतकको घरमा लुटपाट गर्ने योजना बनाएका थिए ।

आर्थिक अवस्था कमजोर, बैदेशिक रोजगारीमा जाँदा लागेको ऋणको भारलाई कम गर्ने तनावमा रहेका दर्जीले विश्वकर्मालाई जिसीको घरमा लुटपाट गर्ने तयारी सहित चैत्र १८ गते अभियुक्त दिपक पोखराबाट पर्वतको बौरबाट बेनीबजारको कालिपुल बसपार्कमा पुगेर दुबै जना भेटघाट गरी नजिकैको पसलमा रक्सी, चाउचाउ र चटपट किनेर कालिगण्डकी नदीमा बसेर खाएपछि दिउँसो करिब ४ बजे राममन्दिर हदुै मृतकको घरमा पुगेका थिए ।

सोही समयमा मृतक सूर्यबहादुर गाई दुहुदै गरेको र गमला पसलमै रहेको अवस्थामा करिब आधा घण्टा कुराकानी गर्दै चुरोट किनेर सेवन गदैं मृतकले लगाएको गरगहना, घरको अवस्था, आउने जाने बाटो लगायतको रक्की गरेका थिए ।

सोही दिन साँझ साढे ५ बजे अभियुक्त कृष्ण र दिपक घरमा गएर बेलुकाको खाना खाई छुट्टै भान्सा कोठामा सुतेका थिए । चैत्र १९ गते बिहानको खाना खाएर कृष्णबहादुर र दिपकले निलो रङको हाते सपिङ व्यागमा प्रतिवादी कृष्ण बहादुर बिश्वकर्माले लगाउने गरेको अतिरिक्त दुईवटा पाईन्ट, हसिया (आसी ),माछा मार्ने बल्छी लगायतका सामाग्रीहरु राखी माछा मार्न कालिगण्डकी नदीमा पुगेका थिए ।

सूर्यबहादुरको घर लुटपाट गर्ने योजना सहित कुराकानी गदैं माछा मार्ने क्रममा बल्छीमा माछा नपरे पश्चात साँझ ४ बजे तिर तिल्किनी स्थित बजारबाट चाउचाउ , चुरोट, र रक्सी किनी कालीगण्डकी नदीबाट घुमाउने तालको पुल हुँदै दह तर्फ उकालो लागेको र करीब राति ८ बजे सम्म जंगलमा रक्सी,चाउचाउ, चुरोट तथा गाँजा सेवन गरेका थिए ।

घटनाको दिन राती साढे ८ बजे दहको जंगल हुँदै निर्माणाधिन सिचाँई कुलो हुँदै गोपाल खत्रीको घर भन्दा तलको मोटरबाटोमा कुलो बनाउदाँ प्रयोग गरिएको काठ फेला पारी मृतकको घर माथी पुग्दा मृतकको घर अगाडीको जंगलमा आगलागी भएको देखेको साथै मृतक सुर्य बहादुर लगायतका स्थानियहरुले आगो निभाउदै गरेको देखीपछि करिब डेढ सय मिटर पर गई लुकेर बसेका थिए । आगो निभाउन गएका स्थानीय घर फर्किएपछि राती१० बजेको समयमा मृतकको घर माथीको मोटरबाटोमा आएर मृतक सुते नसुतेको कुरा बुझ्ने प्रयास गरेका थिए ।

घरको आगँनमा कृष्णबहादुरले चुरोट किन्ने बहानामा मृतक सुर्य बहादुरलाई हजुरवुवा म कृष्ण हो, मलाई चुरोट दिनुहोस् भन्दै बोलाएको, पसल बाहिरको बिजुलीको ब्लव निकाली नजिकै फालेको र भित्रबाट मृतक सुर्यवहादुरले पसलपट्टीको ढोका खोली चुरोट निकाली दिएकोे अवस्थामा अभियुक्त दिपकले ७० रुपैया मृतक सुर्यबहादुरलाई दिए पश्चात बाहिरको बत्ती किन बलेन भनी पसल बाहिर टाउको निकाली हेर्ने क्रममा कृष्णबहादुरले आफ्नो हातमा भएको लाठीले सुर्यबहादुरको टाउकोमा प्रहार गरेका थिए ।

गमलाले हारगुहार गर्दा उल्टै काठले प्रहार
श्रीमान सूर्यबहादुरलाई हसिँया प्रहार गरेपछि मृतक गमलाले उठी हारगुहार गर्दै गर्दा दिपकले लात्ताले बाहिरबाट मुल ढोकामा हान्दा ढोका भित्रको गरालो भाँचिएको थियो । अभियुक्त दिपकले गमलालाई लात्ता तथा काठको लाठीले टाउकोमा प्रहार गरे पश्चात धारिलो हतियार हसिँयाले घाटी रेटी हत्या गरेको प्रहरी समक्ष बयनामा स्वीकार गरेको छ । गमालाको हत्यापछि अभियुक्तले फेरी सूर्यबहादुरको घाटी तथा टाउकोमा हसियाँ प्रहार गरेका थिए ।

हत्या गरे पश्चात मृतकहरुले लगाएका सुनका गरगहना, पसलमा रहेको नगद तथा रिजार्ज कार्ड लिएर मोटरबाटो हुँदै १ सय मिटर पर जादै गरेकोमा अवस्थामा स्थानीयलाई देखेपछि पुनः मृतकको घरको बाटो हुँदै राममन्दिर झरी कालीगण्डकी नदी किनारको पर्वत पट्टीको कच्ची मोटरबाटो हुँदै हिड्दै मालढुंगा पुगी बस चढी पोखरा गएका थिए ।

लुटपाट गरेको सुन बाँडफाँड
चैत्र २० गते बिहान करिव ७ बजे पोखरा बाग्लुङ बसपार्कमा लुटेर ल्याएको गरगहनामा रगत लागेको अवस्थामा सफा गरी दुई जनाले बाँडफाँड गरी आफ्नो बाटो लागेका थिए । अभियुक्त कृष्णबहादुरले लुटेकोको सुनका गरगहना माइलाबा पर्नेकर्ण बहादुर बिकलाई गाल्न लगाई गालेको सुन बाग्लुङ परशुराम बिकलाई बेचेका थिए । घटनामा संलग्न अभियुक्त सहित सुन गाल्ने र खरिद गर्नेलाई पोखरा, बागलुङ तथा पर्वतबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले बरामद गरेको सामान
घटनास्थलमा फुटेका चुराका टुक्राहरु भेटिएको थियो । त्यस्तै मोबाइल ४ थान, काठको टुक्राहरू, चावी हसिया (आसी ), रिचार्ज कार्ड १७ थान बरामद भएको थियो । अभियुक्त कृष्णबहादुरको घरबाट घटना घटाउने समयमा लगाएको भनिएको १ थान ज्याकेट,कालो रङको जुत्ता एक जोर जुत्ता र सुन किन्ने परशुराम विकको पसलबाट गालेको सुनको ढिक्का एक थान, कर्णबहादुर बिकको घरबाट सुन गाल्न प्रयोग भएको मेसिन औजार भेटिएको थियो ।

गाउँमा बृद्धबृद्धालाई लुट्ने योजना थियो
बैदेशिक रोजगारीमा जाँदा अभियुक्त दिपक दर्जीको चार लाख ऋण लागेपनि विदेशमा कमाई हुन नसकेपछि घर फर्किएका थिए । घरमा आएर केही समय बोलेरो र जीप चलाएपनि मदिरा सेवन, लागुऔषधको कुलतमा फसेका थिए । अभियुत्त mद्धयको घरको आर्थिक अवस्था कमजोर भएकाले लुटपाट गरी घरखर्च चलाउने र ऋण तिर्ने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । अभियुक्तद्धयले बृद्धबृद्धा, एक्लै घर भएको ठाउँमा बस्ने, अपाङता र गरगहना लगाएकाहरूलाई निशाना बनाएका थिए । अभियुक्तद्धय विश्वकर्मा र दर्जी कुलतमा फसेको अवस्थामा परिवारका सदस्य समेत आजित भएका थिए ।

अभियुक्तको विवरण

कृष्णबहादुर विश्वकर्मा
३२ बर्षिय कृष्णबहादुर विश्वकर्मा बि.स २०६४–०६५ सालमा बैदेशीक रोजगारीको शिलशिलामा कतार गएर साढे तीन बर्ष काम गरी नेपाल फर्किएका थिए । बि.स २०६९ सालबाट मल्लाज,बेनी बजार लगायतका स्थानहरुमा बोलेरो जिप चलाउदै आएकोमा बिगत १ वर्ष देखी स्थायी रुपमा गाडी चलाउन छाडेको, गाउँघरमा बस्ने, मदिरा सेवन गरी दिन विताउने गरेका थिए । उनका एक श्रीमती, १ छोरा र छोरी छन् । उनी परिवारका अन्य सदस्यबाट अलग भएर बस्दै आएका थिए । ५ कक्षा पढेका विश्वकर्मा बि.स २०७३ सालमा जिप्रका बागलुङमासवारी ज्यान मुद्दामा दोषी देखिएका थिए ।

दिपक दर्जी 
उमेरले ३२ वर्षमा लागेका दिपक पर्वत कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट घर भईे. जलजला गापा.वडा नं. ०२ बौर बस्दै गरेकोमा केही समय अगाडी मात्रै पोखरा स्थित नयाँबजार डेरा गरी बस्ने गरेका थिए । सन् २०२१ मा कतार गई ६ महिना बसी नेपाल फर्किएका दर्जी पोखरा-मुस्ताङ चल्ने टाटा सुमो जिप चलाउदै आएको थिए ।

कक्षा ३ पढेका दर्जी लागुऔषध गाँजाको कुलतमा बि.स ०८० साउन देखी माघ महिना सम्म ६ महिना बागलुङ स्थित नव जीवन सुधार गृहमा ६ महिनामा बसेर निस्किएका थिए । अपराधिक मानसिकताका दर्जीले पैसाका लागि अपराधिक योजना बनाएर विश्वकर्मालाई सुनाएका थिए भने विश्वकर्माले गाउँघरमा लुट्न सजिलो हुने मान्छे खोजीरहेका थिए । दर्जीको पारीवारीक बेमेल तथा बिचलन भएकै कारण कुलतमा फसेको देखिन्छ ।

सुन पगाल्ने कर्णबहादुर विक
६० बर्षमा लागेका कर्णबहादुर पर्वत जलजला गाउँपालिका वडा नं. १ घर भई कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा बस्दै आएका थिए । बिगत ६ वर्ष देखी आफ्नो श्रीमतीसँग डेरा गरी बस्दै आईरहेका उनी केही बर्ष अगाडी मात्रै साउदीबाट नेपाल आएका थिए । आफ्नै डेरा कोठामा सुन गाल्ने तथा बनाउने औजारहरु राखी सुन सम्बन्धी काम गदैं आएका विकले जिसी दम्पत्तीको हत्यापछि ल्याएको सुन पगाल्दा प्रहरीको खोरमा पुगेका छन् ।

बिल नहेरी सुन किन्दा फन्दामा
सुन ब्यवसायी परसुराम विकले कमाई हुने प्रलोभनमा हत्या गरी ल्याएको सुन खरिद गरेका थिए । उनले बागलुङ बानपा वडा नं. ७ घर भई जिल्ला बागलुङ बानपा २ लोकतान्त्रिक चोक स्थितमा पुर्णीमा सुनचाँदी पसलका संचालक विकले सुन खरिद गरेका थिए । उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । विना बिलको सुन खरिद गर्दा विक प्रहरीको हिरासतमा पुगेका छन् ।

प्रहरीले घाइते अवस्थामा आएका, बिल बिनाको सुन र हुलिया समेत संकास्पद लाग्नेहरुको सुन खरिद नगरिदिन समेत पत्रकार सम्मेलनमार्फत नै अनुरोध गरेको थियो । प्रहरीले विकको पसलमा सुन बिक्री गर्न आएको अवस्थाको सिसी फुटेजलाई समेत प्रमाण मानेको छ । उक्त घटनामा संलग्न २ जना सहित सुन पगाल्ने र खरिद गर्ने गरी चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ गर्नासाथ कबुल
यो घटनासँग सम्बन्धित केही महत्वपूर्ण सूचना प्राप्त भएपछि नेपानेका कृष्णबहादुर विश्वकर्मा हत्यामा संलग्न हुने अनुमानपछि सोझपुछ गरेका थिए । उनलाई सोझपुछसँगै निगरानीमा समेत प्रहरीले राखेको थियो । हत्यामा संलग्नताका बारेमा आशंका गर्दा उनले आफ्नो संलग्नतालाई स्वीकार गरेका थिएनन् ।

प्रहरीले घटनामा करिब २ हजारसँग सोझपुछ गरेपनि केहीलाई बयान गर्ने सर्तमा छोडेकोमा विश्वकर्मा समेत थिए । घटनाको सबैतिरबाट प्रमाण संकलन भएपछि नियन्त्रणमा लिएलगत्तै विश्वकर्माले स्वीकार गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले निकालेको निचोड र अभियुक्त विश्वकर्माको भनाइ म्याच गरेको थियो । अभियुक्त विश्वकर्मा र दर्जीले हत्याका बारेमा थप प्रमाणहरु प्रहरीलाई दिएका थिए ।

Leave a Reply