मानिस स्वभावैले हाँसीखुसी, सुखसयल र आनन्दको साथमा रहन चाहन्छ । त्यसको बाबजुद पनि हामी रहिरहेको समाजमा गरिबी, अशिक्षा, बेरोजगार, भोकमरी, लागूऔषध दुव्र्यसनी, आत्महत्या, भ्रष्टाचार, अनाचार, दूराचार, पारिवारिक कलह जस्ता विभिन्न समस्याहरुबाट प्रायजसो सबै घर परिवार गुज्रिएको पाइन्छ ।

यसै सन्दर्भमा हाम्रो म्याग्दी जिल्लामा पनि यी माथि उल्लेखित जस्तै समस्याहरु व्याप्त रहेको विभिन्न तथ्य र तथ्याङ्कहरुबाट स्पष्ट छ । व्यक्तिको पहिचान तथा पहिलो पाठशाला घर, परिवार भएको हुनाले यी देखिएका बिकृति र विसङ्गतिहरुलाई जरैसँग निर्मुल पार्नको लागि पारिवारिक शिक्षा आजको टड्कारो आवश्यकता हो ।

आज हामी डाक्टर, इन्जिनियर, पाईलट, पाक शिक्षालगायत धेरै खालका शिक्षाहरु स्कुल र विश्वविद्यालयबाट प्राप्त गर्न सकिन्छ । तर हाम्रो समाजमा त्यस्तो कुनै एउटा सङ्गठन छ्रैन । जहाँ हामीले पारिवारिक शिक्षा प्राप्त गर्न सकियोस् । परिणामतः विवाह कहिल गर्ने, किन गर्ने, को सँग गर्ने र विवाह गरिसकेपछि एकापसमा कस्तो पारस्परिक सम्बन्ध राख्ने । त्यस्तै केटा के हो ? केटी मान्छे के हो ? बनावट कस्तो किसिमको छ ।

शारिरीक तथा मानसिक बनावटविना ज्ञान शरिरमा निस्कने एस्ट्रोजन हर्मोनको नियन्त्रणमा आई तथा विभिन्न छोटा तथा फिल्मी नाटकको सिको गरेर अपरिपक्व अवस्थामा आफ्नै विद्यालय शिक्षा, सिप, ज्ञानआर्जन नगरी विवाह गर्नाले धेरै हाम्रो समाजका व्यक्तिहरुले ‘न्याउरी मारी पछुतो’ जस्तो जीवन जिउने गरेको देखिन्छ ।

परिणामतः अशिक्षा र अज्ञानताको खाडलमा रुमल्लिएको अवस्था छ । यो अवस्थालाई निर्मुल गर्नको लागि र एकापसमा सुमधुर सम्बन्ध स्थापना गर्न पनि पारिवारिक शिक्षा आजको आवश्यकता बनेको छ । आज सबल र समृद्ध राष्ट्रहरुलाई नियाल्दा पनि हामी के देख्छौं भने जुन देशमा सु–संस्कार तथा सु–सम्पन्न परिवारहरु छन् । तिनीहरुले राष्ट्रको आर्थिक विकासमा धेरै ठूलो धन, प्रविधि र ज्ञानमार्फतको सहयोग ठूलो मात्रामा रहेको पाइन्छ ।

यसर्थ, हाम्रो देश नेपाललाई पनि सबल, सम्पन्न तथा सुखी र सु–संकारयुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ फेमिली पिस एशोसियन नेपालले विभिन्न संघसंस्था, सरकार तथा व्यक्तिहरुसँग सहकार्य गर्दै यो पारिवारिक शिक्षालाई देशव्यापी रुपमा लैजाने क्रममा सचेतना तथा शिक्षामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

यसैक्रममा आज (बुधवार) पश्चिम म्याग्दीको मंगला गाउँपालिका–४, बराङ्जामा पारिवारिक मूल्यमान्यता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष लालबहादुर रोकाले सम्पूर्ण वडावासीको अभिभावकत्व ग्रहण गर्दै वडामा देखिएका पारिवारिक बिकृति, विसङ्गतिहरुलाई जरैसँग निर्मुल गर्नको लागि आजको शिक्षा जीवनपयोगी रहेको तथा यस्ता शिक्षाहरु आगामी दिनहरुमा अझ धेरै आवश्यक पर्ने बताउनुभयो ।

साथै उक्त वडामा देखिएका विकास, निर्माण तथा शिक्षामूलक कार्यमा वडावासीहरुको सहयोग, साथ र सद्भावको समेत वडाध्यक्ष रोकाले अपेक्षा गर्नुभयो । कार्यक्रमका प्रशिक्षक ध्रुवप्रसाद लामिछाने (तारा)ले विभिन्न विज्ञहरुको अनुसन्धानमा आधारित, तार्किक र कथाहरुमार्फत त्यहाँ उपस्थित महिला, युवा, शिक्षक, विद्यार्थीलगायत सबैको लागि जीवनपयोगी सम्बन्धमा ९० मिनेटको आफ्नो अनुभव, विज्ञता र ज्ञानमा आधारित शिक्षामूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुले यो कार्यक्रम अत्यन्त रोचक एवं शिक्षामूलक रहेको र आगामी दिनहरुमा पनि यसको आवश्यकता महसुस गरेको अनुभव सुनाएका थिए । कार्यक्रममा फेमिली पिस एशोसियसनका फिल्ड संयोजक भूपेन्द्र भण्डारी र सदस्य गोमा पराजुलीले संस्थाको परिचयसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आफ्ना अनुभवहरु सुनाउनुभएको थियो ।

मिलन म्याग्दीका निवर्तमान सहसचिव प्रताप बानियाँले सञ्चालन गर्नुभएको कार्यक्रम फेमिली पिस एशोसियसन र मिलन म्याग्दीको संयुक्त आयोजना तथा मंगला गाउँपालिका र वडानम्बर ४ को समन्वय तथा व्यवस्थापनमा सम्पन्न भएको थियो ।

Leave a Reply