म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले मोना बहुउद्देश्यीय अक्षय कोषको सहयोगार्थ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारको २१ औं वार्षिकोत्सवको अवसरमा आगामी मार्च ८ गते कार्यक्रम गर्ने भएको हो ।

शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक त मानवीय सेवामा सक्रिय रहेको कोषको बृद्धिका लागि आयोजित कार्यक्रममा लोकप्रिय गायक प्रकाश दुतराजको विशेष प्रस्तुती रहने मोना कतारका महासचिव कृष्ण शर्माले बताए ।
उनका अनुसार कार्यक्रमको तयारी सहित थप कार्यहरु भइरहेको छ ।

कार्यक्रममा कतारमा रहेकी एक्ली थाली नाच कलाकार यमुना पटेल सहितका कलाकारहरुको समेत प्रस्तुती रहने छ । वार्षिकोत्सवलाई भब्य बनाउन थप कार्यक्रम सहित प्रचारप्रसारलाई समेत तिब्रता दिने कार्यक्रम संयोजक बाबुराम भण्डारीले बताए ।

मुल संयोजक मोना कतार रहेको कार्यक्रममा मोना कतार बहुउद्देश्यीय अक्षय कोष, मोना कतार सांस्कृतिक विभाग, मोना कतार खेलकुद विभाग सहआयोजक रहेको छ । कतारमा रहेका नेपाली संघसंस्थामा मोना कतार सक्रिय संस्था मानिन्छ ।

Leave a Reply