प्रकाश माविले मनायाे ७१ आैं वार्षिकोत्सव म्याग्दीको अग्रणी र जेठाे शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयले ७१ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ ।

साेमवार विद्यालयमा विविध कार्यक्रमहरूको आयोजना गरि स्थापनाको ७१ औं वार्षिकोत्सव मनाएको हो। बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले  पानसमा दीप प्रज्वलन गरी समुद्घाटन, सरस्वतीकाे फाटाेमा मार्ल्यार्पण, प्रकाशपुञ्ज विमाेचन र अभिभावक प्रतीक्षालय उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका स्तरीय चाैथाे राष्ट्रपती कप-२०८० काे शिल्ड विजेता खेलाडीहरूलाई नगद सहित सम्मान गरेको छ । पदक जित्ने खेलाडीहरूलाई नगद १ लाख साेह्र हजार प्रदान गरेको छ ।

चाैथाे राष्ट्रपति शिल्डमा विद्यालयले छात्रछात्रा भलिवल, छात्रछात्रा कपर्दी र छात्रछात्रा एथलेटिक्स तर्फ प्रथम र मार्शल आर्ट तर्फ समेत पदक प्राप्त गरि ५ उत्कृष्ट खेलाडी सहित २५ स्वर्ण (७८ वटा स्वर्णपदक) र ८ रजत सहित कुल ८६ वटा पदक प्राप्त गरेकाे थियोे ।

प्रतियोगितामा सहभागी ६१ जनाले नै पदक प्राप्त गरेका थिए । खेलाडीहरूकाे प्राेत्साहनकाे लागि एक स्वर्ण पदककाे एक हजार पाँच सय, एक रजतकाे एक हजारकाे दरले पुरस्कृत गरिएको र जेहेन्दार र शैक्षिक पक्षमा समेत अब्बल रहने खेलाडीहरूलाई आगामी दिनमा छात्रवृत्ति लगायतले थप प्राेत्साहित गरिने कुरा विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनु भएको छ ।

साेहि अवसरमा लगातार दाेस्राे पटक शिल्ड जित्न याेगदान पुर्याए वापत खेल शिक्षक डिल प्रसाद श्रेष्ठ, भलिबल प्रशिक्षक मलिन राेका, कपर्दी प्रशिक्षकद्वय कुमार तामाङ र अभिनेष श्रेष्ठ साथमा फुटबल प्रशिक्षकद्वय सुदिप श्रेष्ठ र दिलिप राम्जाली सम्मान गरेकाे छ । साेहि अवसरमा उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, पुर्व विद्यार्थी र सहयोगदाताहरूलाई सम्मान गरेको छ ।

उत्कृष्ट शिक्षकमा भगवान बहादुर कार्की, नियमित तथा विव्यस सदस्य (शिक्षक प्रतिनिधि) याेगदानमा सरला सुवेदी, दिर्घ सेवा तथा तह संयोजकमा गणनाथ आचार्य, उत्कृष्ट कक्षा शिक्षकमा कृष्णकला सुवेदी, लगनशील र उत्तरदायी शिक्षक-कर्मचारीमा सानुहरि जाेशी र उत्कृष्ट कर्मचारीमा काेबहादुर पाैडेल सम्मानित भएकाछन् ।

त्यस्तै सर्वाेकृष्ट विद्यार्थीमा चनिसा छन्त्याल (कक्षा १२ विज्ञान), उत्कृष्ट विद्यार्थी (९-१२) मा स्नेहा गर्बुजा (कक्षा १२ शिक्षा विज्ञान), उत्कृष्ट विद्यार्थी (बालविकास-८)मा विपिसा शाहि (कक्षा ५), र उत्कृष्ट अभिभावकमा देवराज शर्मा पुरस्कत भएकाछन् ।

साथमा एसईई २०७९ मा ४.० जिपिए सहित नेपाल टपर समीर सुवेदी, ३.८० जिपिए सहित सामुदायिक विद्यालय तर्फ जिल्ला द्वितीय सज्जन पाैडेल र थाईल्याणडमा सम्पन्न 7th south asian karate championship मा स्वर्ण पदक विजेता मार्शल गर्बुजालाई नगर र सम्मान पत्रले सम्मानित गरेकाे छ ।

संस्थापक अध्यक्ष स्व. तेजनारायण भट्टचनकाे स्मृतिमा रू. तीन लाखकाे अक्षयकोष स्थापना गर्नुहुने शिक्षाप्रेमी पुर्व काेषाध्यक्ष गाेपाल नारायण भट्टचन र अभिभावक प्रतीक्षालय निर्माण गर्ने एसएलसी ब्याच २०४१ लाई समेत सम्मान गरेको छ । पुर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा ४१ सालकाे ब्याचका २३ जनाले पाँच लाख एकानब्बे हजार सात सय एकासी संकलन गरि पाँच लाख एकसट्ठी हजार छ सय सतासीकाे लागतमा अभिभावक प्रतिक्षालय निर्माण सम्पन्न गरेकाे हाे ।

प्रमुख अतिथि मेयर सुरत केसीले प्रतीक्षालय उद्घाटन गर्नुका साथै २३ जना पुर्व विद्यार्थीहरूलाई सम्मान गरेका थिए । विमाेचित प्रकाशपुञ्ज वर्ष १८ अंक १ मा विद्यालयकाे गतिविधि, तथ्यांक र लेख रचना समावेश गरिएकाे छ भने सम्पादक गाेरखनाथ सुवेदी र प्रकाश युवा रेडक्रस सर्कल रहेको छ ।

कार्यक्रममा शिक्षक र विद्यार्थीहरूले आकर्षक नृत्य, गायन प्रस्तुत गरिएको थियोे भने चर्चित लाखे नाँच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममामा प्रमुख अतिथि बेनी नगरपालिका प्रमुख एवम् पुर्व विद्यार्थी सुरत केसीले प्रमुख आतिथ्यताकाे मन्तव्य, अतिथिहरू पुर्व मेयर, पुर्व विव्यस अध्यक्ष, पूर्व शिक्षक, पुर्व विद्यार्थी हरिकुमार श्रेष्ठ, बेनी नगरपालिका प्रवक्ता एवम् बेनी ७ वडा अध्यक्ष, अभिभावक एवम् पुर्व विद्यार्थी रमेशकुमार श्रेष्ठ, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दल थापामगर, बेनी नगरपालिका शिक्षा अधिकृत कमल ढकाल, नेपाल शिक्षक महासंघका अध्यक्ष जयराम सुवेदी, म्याग्दी जेसीजका शाखा अध्यक्ष जेसी सुमन बानियाँ, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गाेरख सुवेदी र एसएलसी ब्याच २०४१ का संयोजक एवम् पुर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नवीन कुमार श्रेष्ठको अध्यक्षता विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठको सञ्चालन र सहायक प्रधानाध्यापक टेक प्रसाद सुवेदीले स्वागत रहेको कार्यक्रममा प्रधानाध्यापक लेखबहादुर हमाले वार्षिक प्रगति प्रतिवेदन र भावि कार्ययोजना पेश गर्नु भएको थियाे ।

अध्यक्ष श्रेष्ठले समापन गर्नु भएको साे कार्यक्रममा आकर्षक लाखे नाच, शिक्षक र विद्यार्थीहरूले विविध नृत्य प्रस्तुत गरेका थिए । समापन पश्चातकाे सांस्कृतिक कार्यक्रम शिक्षक अमृता थापाले सञ्चालन गरेका थिए ।

Leave a Reply