म्याग्दीको बेनीमा शुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिनमा रिभरसाइट बगरफाँट र बेनी नगरपालिकाले बिजयी शुरुआत गरेका छन् । चार टीमको सहभागिता रहेको राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिताको पहिलो खेलमा म्याग्दी क्रिकेट क्लबलाई पराजित गर्दै रिभरसाइड बगरफाँटले दुई अंक हासिल गरेको छ । त्यस्तै अर्को खेलमा रत्नेचौर क्रिकेट समूहलाई पराजिट गर्दै बेनी नगरपालिकाले पनि आफ्नो पोल्टामा दुई अंक जोडेको छ ।

रिभरसाइड बगरफाँटले पहिला ब्याटीङ गर्दै क्याप्टेन रितीक थापाको ४२ र आयुश रोकाको ५१ रनको मद्धतले १५३ रन बनाएको थियो । १५४ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रिएको म्याग्दी क्रिकेट क्लबले निर्धारीत ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । बलिङ तर्फ पनि चार ओभरमा ३० रन खर्चेर १ विकेट लिनुका साथै एक जनालाई रनआउट गर्न सफल हुनुभएका रितिक थापालाई प्लेयर अफ द म्याच घोषित गरीएको थियो ।

त्यस्तै दोश्रो खेलमा रत्नेचौर क्रिकेट समूहलाई डिएलएस मेथडमा पराजित गर्दै बेनी नगरपालिका बिजयी भएको छ । पहिला ब्याटीङ गरेको नगरपालिकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

जवाफी ब्याटीङमा उत्रेको रत्नेचौर क्रिकेट समुहले ५ ओभरमा ३ विकेट गुमाएर २७ रन बनाउँदा खेल वर्षाले रोकीए पछि डिएलएस मेथडबाट नतिजा सुनाइएको थियो । उक्त समयमा रत्नेचौर क्रिकेट समुहले ३५ रन बनाउनु पर्ने भए पनि २७ रन बनाएकोले बेनी नगरपालिका ७ रनले बिजयी भएको जिल्ला क्रिकेट संघ म्याग्दीका अध्यक्ष प्रविण पौडेलले जानकारी दिनुभयो ।

अब तेश्रो खेल आगामी १०गते बिहीबार बुद्धजयन्तीको दिनमा हुने छ । राउण्ड रोबिनका आधारमा हुने खेलको शिर्ष दुई टिम फाइनल खेल्नेछन् । जेठ १० र ११ गते दुई दुई खेल हुने र १२ गते फाइनल खेल हुने जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो ।

Leave a Reply