गएरातीदेखि परेको अविरल बर्षासंगै म्याग्दीका प्रमुख बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध बनेका छन्। लगातारको बर्षासँगैबाढी, पहिरो र खहरेखोलाका कारण सदरमुकाम हुदै जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् ।

उत्तरी म्याग्दी हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम खण्डको रघुगंगा–२,बैसरी, कुलौटे र अन्नपूर्ण गापा-२ नैनीबगर र गुईठेमा पहिरोले अवरुद्ध भएको छ ।

त्यसैगरी म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई जोड्ने बेनी–दरवाङ खण्डको बेनी नगरपालिका–४ घुमाउने ताल र मालिका गाउँपालिका–बाङ्गे पहिरोमा बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका अन्य ग्रामिण सडक सञ्जालमा रहेपनि भारी बर्षाका कारण सदरमुकाम आउने जाने सर्वसाधारणलाई सास्ती भएको छ । अवरुद्ध सडक बर्षा रोकिएपछि मात्रै मर्मत गरिने जनाइएको छ ।

Leave a Reply