पश्चिम म्याग्दीको मालिका गाउँपालिका बिमामा जन्मनु भएका नवराज शर्मा म्याग्दीको राजनैतिक क्षेत्रमा 2040 को दशकदेखिनै निकै सक्रिय हुनुहुन्छ । सरल जीवनशैली तथा राजनैतिक रुपमा प्रष्ट बिचार राख्न सक्ने शर्मालाइ कार्यकर्ताले पनि निकै रुचाउँछन् ।

पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनबादको बिषयमा प्रष्ट बिचार राख्ने शर्माले मदन भण्डारीले प्रस्ताब गरेको जबजलाइ केपी शर्मा ओलीले शमर्थन गर्दै पार्टीको मुल सिध्दान्त बनेको भन्नेमा प्रष्ट हुनुहुन्छ । नेकपा एमाले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका निकट मानिनु हुने शर्मा सँधै जनताको हित र पार्टीको मुल मर्मलाइ आत्मसात गर्दै अगाडी बढ्ने नेताका रुमा चिनिनुहुन्छ ।

जहाँनिया पञ्चायती व्यवस्थाविरुद्ध शंखघोष गरेर भूमिगत राजनीति गरेको तत्कालनिन मालेका कार्यकर्ताका रुपमा उदाउनुभएका शर्माले विद्यार्थी राजनीतिबाट नेपाली राजनीतिमा पाइला हाल्नुभएको थियो । पहिलो पटक २० ४१ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आबद्ध हुनुभएको थियो ।

शर्मा २०४२ सालमा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभयो । साथै शर्मा २०४२  देखि २०५४ सम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष सम्मको पदिय जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।  पञ्चायत विरुद्धको भूमिगत अवस्था अनि विद्यार्थी राजनीतिबाट निखारीदै आउनुभएका शर्मा २०५४ सालमा जिल्ला विकास समिति म्याग्दीको सभापति हुनुभयो । त्यसैगरी २०४४ सालमा तत्कालीन मालेको पार्टी सदस्य बन्नुभयो ।

त्यस्तै २०४५ सालमा पार्टीको पूर्ण सदस्यता प्राप्त गर्नुभएका शर्माले २०४५ सालमा नेकपा माले जिल्ला संगठन कमिटी म्याग्दीको सदस्य बन्नुभयो । शर्माले धौलागिरी अञ्चलका म्याग्दी मुस्ताङ र बागलुङ जिल्लामा पूर्णकालीन कार्यकर्ताका रुपमा लामो समय सक्रियता पुर्वक पार्टीले दिएको जिम्मेवारी पुरा गर्नुभएको थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका वर्तमान अध्यक्षा शर्मालाइ २०४५ सालमा २ पटक म्याग्दीमा गिरफ्तार गरेको थियो भने २०६२/०६३ को जनआन्दोलनका क्रममा बागलुङबाट पक्राउ गरेकोमा बन्दी प्रत्यक्षिकरणको रिट मार्फत २८ दिन पछि अदालतको आदेश पछि रिहा हुनुभएको थियो । 2054 सालमा जिल्ला विकास समितिको सभापति हुनुभएका शर्मा 2070 सालको संविधानसभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो । नवराज शर्मा सामाजिक तथा राजनैतिक क्षत्रमा हर समय निकै सक्रिय हुनुहुन्छ । शर्माले राजनीतिलाई ब्यवसाय, लाभको पद, पहुँचको दम्भ भने कहिल्यै देखाएनन् । नेकपा एमालेबाट विजय भएपनि अन्य दलका उम्मेदवारलाई मत दिएका मतदातामात्रै होईन दलका नेताहरुलाई समेत समस्या पर्दा साथ दिएकाले सहकार्य गर्न सक्ने नेताको रुपमा समेत जिल्लामा चिनिन्छ ।

Leave a Reply