पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२,बेलीमा पहिरोमा पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार विहान गोठबाट घर तर्फ फर्किदै गरेको अवस्थामा जेमखोलाको पहिरोले पुरिएरफुल्वाङका ४८ वर्षिय तिर्थबहादुर बिकको ज्यान गएको वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बताए ।

उनका अनुसार माथिबाट खसेको पहिरोले विकलाई चोट लागेको अवस्थामा भेटिएको थियो । मृतक विकको जनप्रतिनिधि र स्थानीयबासीले जेसीबीको सहायताले शब बाहिर निकालेका थिए । घटनास्थलमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली समेत पुगेको छ ।

Leave a Reply