अन्तर्राष्ट्रिय विश्वविद्यालयमा प्राध्यापन गर्ने म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिंगाका डा. बोजिन्द्र तुलाचनले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले विभुषित गर्ने नेपाल विद्याभूषण ‘क’ विभूषण प्राप्त गरे ।

विश्वविद्यालयमा प्राध्यापनसँगै शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका डा. तुलाचनले नेपाल सरकारको यो सम्मानलाई शैक्षिक क्षेत्रमा सक्रिय भएपछिको महत्वपूर्ण पदक तथा सुन्दर उपहारको रुपमा लिएका छन् ।

नेपालभित्रका कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयबाट विद्यावारिधि वा सो भन्दा माथिको उपाधि हासिल गरी मूल प्रमाणपत्रको आधारमा नेपाल सरकारले वितरण गर्ने विभुषणबाट सम्मानित भएका डा.तुलाचन अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक मनोविज्ञानमा नेपालको पहिलो अनुसन्धानकर्ता समेत हुन् । नेपालबाट पहिलो अनुसन्धानकर्ता समेत हुन्।

डा. तुलाचनले विश्वभरका ३४ देशका विद्यार्थीमा ४.४५ जिपिए लिएर राष्ट्रिपति अवार्ड, आजु विश्वविद्यालयबाट समेत सम्मानित भएका थिए । डा.तुलाचनले दक्षिण कोरियामा विश्वविद्यालयस्तरमा विभिन्न अनुसन्धानमा समेत आफ्नो पहिचान बनाएका छन् ।

बेनपा-४, धौलागिरी मावि सिंगाबाट एसएलसी दिएर म्याग्दी बहुमुखी क्याम्पसबाट इन्टरमेडिट गरेका डा.तुलाचनले स्नातक तह आरआर क्याम्पसबाट गरेका छन् । दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापनमा पीएचडी गरेका डा. तुलाचनले अन्तर्राष्ट्रिय स्तरमा ट्रेड युनियन अध्ययनमा अनुसन्धान गरेका थिए ।

अन्तर्राष्ट्रिय विकास र सहयोगमा दक्षिण कोरियाकै आजु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर समेत गरेका डा. तुलाचनले नेपालको शैक्षिक प्रमाणपत्रले विश्वबजारमा आफ्नै पहिचान बनाएको बताए ।

‘नेपालको शैक्षिक प्रमाणपत्र बोकेर विश्वबजारमै प्रतिस्पर्धा गर्न सकिन्छ,‘उचित वातावरण बनाउन सकेमा नेपाललाई नै शैक्षिक हब बनाउन सकिने प्रसस्तै सम्भावना छ’डा. तुलाचनले भने । उनले नवीन ज्ञान उत्पादनमा महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए ।

खाङ्स विश्वविद्यालय र क्याल्भिन विश्वविद्यालयदक्षिण कोरियामा प्राध्यापक समेत रहेका डा. तुलाचनले पीएचडी गरेकाले स्वतन्त्र हिसाबले अनुसन्धान गर्न सक्ने र आफ्नो क्षेत्रबाहिर पनि प्रयोग गर्न मिल्ने सीप र क्षमताको विकास आवश्यक रहेको बताए ।

उनले आफुँले नयाँ ज्ञानको उत्पादन र अनुसन्धानको सामाजिक सान्दर्भिकतालाई मध्यनजर गरी ब्यक्तिगत रुपमा म्याग्दीका सामुदायिक विद्यालयलाई शैक्षिक तथा आर्थिक सहयोग तथा देशका विभिन्न जिल्लामा रहेका विद्यालयमा शैक्षिक सहयोग गरेको बताए ।

‘ज्ञान अनुसारको सिप हस्तान्तरण आवश्यक छ,’समुदायमा आवश्यकतालाई मध्यनजर गरी सहयोग गर्ने गरेको छु, मेरो शैक्षिक अनुभवले यो कार्यलाई प्राथमिकता दिन्छ‘ डा. तुलाचनले भने । उनले नेपाल सरकारबाट ‘क’ विभूषण प्राप्त गरेपछि थप जिम्मेबारी समेत बढेको बताए ।

Leave a Reply