म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नामकी मृर्गौला पीडित सुकमायाँ थजालीलाई करिब साढे ३ लाख सहयोग गरिएको छ। मृर्गौला पीडित थजालीलाई आर्थिक अभावको कारण उपचारमा समस्या भएपछि हङकङमा रहेका दग्नामका सुझाव पुन मगरको नेतृत्वमा ३ लाख ४६ हजार ७ सय रुपैयाँ सहयोग गरिएको छ ।

उक्त सहयोग पीडित थजालीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।दुवै मृर्गाैला फेल भएपछि निरन्तर डाइलासिस गर्दै आउनुभएकी थजालीको आर्थिक उपचारमा समस्या भएपछि थप उपचारमा सहज हुने गरी आर्थिक संकलन गरिएको सहयोग संकलनदाता पुनले बताउनुभयो । उहाँले पीडितको उपचारमा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा पनि पीडितको उपचारका सहयोग गर्ने बताउनुभयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पीडित थजालीले ऋणधन गरी उपचार गर्दा समेत अपुग भएको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो । ‘सहयोग जुटेपछि बाँच्ने आश पलाएको छ, उपचारमा यो रकमले धेरै सहज हुन्छ’ पीडित थजालीले भन्नुभयो । सहयोगलाई नियमित डायलासिस, औषधि सेवन लगायतमा खर्च हुन्छ ।

 

 

Leave a Reply