उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीले उच्च शिक्षापछि स्वदेशमै फर्किने उचित वातावरण बनाउनुपर्ने सोमबार बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेसको पाँचौ शाखा बेनीको न्यूरोडमा उद्घाटन गदैं बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले विदेशमा शैक्षिक ज्ञान आर्जन गरेका विद्यार्थीलाई नेपाल फर्काउनेतर्फ नेपाल सरकारले अवसर सिर्जना गर्नुपर्ने बताए ।

वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं अष्टेलिया,अमेरिका, यूरोप, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेको अवस्थामा अव नेपाल सरकारले स्वदेशमै रोजगारीको ग्यारेन्टी सहितको सुविधातर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । शाखा उद्घाटन कार्यक्रममा ब्यवसायी राजु बानियाँ, रामकृष्ण ढकाल लगायतको उपस्थिती रहेको थियो ।

१५ बर्षदेखि नेपालका विभिन्न क्षेत्रमा शैक्षिक परामर्शदाताको रुपमा सक्रिय रहेको बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेसले बेनीशाखाबाट आइलटिएस र पिटिइको कक्षा सञ्चालन गर्ने शाखा प्रमुख सुस्मिता न्यौपानेको भनाई छ ।

शाखा उद्घाटन पछि उच्च शिक्षाका लागि उत्कृष्ट गन्तब्यका बारेमा जानकारी सहित नियमि कक्षा सञ्चालन समेत सुरू गरेको बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेसले जनाएको छ।

Leave a Reply