गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सले आयोजना गरेको खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगितामा म्याग्दी समाज फ्रान्सको समुह ‘ए’ ले उपाधी जितेको छ । एनआरएनए फ्रान्सको वार्षिक कार्यक्रम अनुसार “एनआरएन स्पोर्टस डे” अन्तर्गत आइतवार ला कुर्नभ खेलकुद पार्कमा भएको खुल्ला मैत्रीपूर्ण भलिवल प्रतियोगितामा स्याङ्जा समाजले दोस्रो स्थानमा चित्त बुझाएको छ । आयोजनामा ९ टिम सहभागि थिए ।

प्रथम हुनेलाई पुरस्कार स्वरुप १५ सय युरो र ट्रफी,मेडल र प्रमाण प्रत्र थियो । त्यसैगरि द्रोस्रो पुरस्कार ८ सय युरो, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी मोना फ्रान्सका सुनिल सुन्दासले एक सय युरो, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । उत्कृष्ट टिम, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्पाइकरलाई ट्रफी र प्रमाणपत्र वितरण गरियो ।

प्रतियोगितामा उत्कृष्ट सेटरमा स्याङ्जा समाजका भुपेन्द्र गुरुङ, उत्कृष्ट रक्षक दल बहादुर बुढा मगर, उत्कृष्ट स्पाईकरमा दिनेश क्षेत्री (योङ युनिटी टिम), बेस्ट ब्लकरमा कुमार थापा (मोना फ्रान्स) र उत्कृष्ट खेलाडीमा मोना फ्रान्सका सुनिल सुन्दासलाई घोषणा गरिएको छ । मोना फ्रान्सका खेलाडी नेपाली भलिबल खेलाडीमा लोकप्रिय छन् ।

समापन समारोहमा एनआरएनए फ्रान्सका अध्यक्ष लोक बहादुर पुन लगायतले बिजयीहरुलाई शुभकामना दिँदै पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा मोनाको तर्फबाट ‘ए’ समुहको कप्तानी दिनेश कार्की र ‘बि’ समुहको बिकाश शेरचनले गरेका थिए । मोना फ्रान्सका अध्यक्ष देबेन्द्र केसीले फ्रान्समा सामाजिक तथा मानवीय सेवासँगै खेलकुद गतिविधिमा समेत मोनामार्फत निरन्तर सक्रियताका साथ सहभागिता जनाइएको बताए । तीनबर्ष अगाडी समेत आयोजित एनआरएनए कप समेत मोना फ्रान्सले जितेको थियो ।

Leave a Reply