म्याग्दी रघुगंगा गाउपालिका-६ कोटगाउँकी स्तनक्यान्सर पीडित सगुन सेरपुजा मगरको उपचारमा आर्थिक अभाव भएको छ । ललितपुरस्थित नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा उपचार गराइरहेकी सगुन सेरपुजाको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

श्रीमानको मृत्यु पश्चात् खेती किसान तथा स्थानीय मेला पर्वहरुमा होटल, भट्टी गरेर ३ छोरीलाई पालनपोषण र शिक्षा दिक्षा दिदै आएकी सगुनलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएपछि उपचारमा समस्या भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

‘उपचारमा धेरै खर्च लाग्ने भएकाले समस्या भएको छ,‘उपचारमा लाग्ने खर्च जुटाउनै हम्मेहम्मे परेको छ,‘आर्थिक अभावका कारण थप उपचार अगाडी बढाउन सकिएको छैन’ वडा अध्यक्ष शेरपुञ्जाले भने। ‘कम्तिमा २० लाख खचर्ए हुन्छ,‘सबैको साथ र सहयोगको आवश्यकता छ’ पीडित परिवारका आफन्तले भने ।

सगुनको उपचारमा स्वदेश तथा विदेशमा रहेका पाखापानीबासीबाट सहयोगको याचना गरिएको छ । स्तनक्यान्सरको नियमित उपचारपछि निको हुने चिकित्सकको भनाई छ । स्तनक्यान्सरका बिरामीमध्ये ७० देखि ८० प्रतिशतसम्म र तेस्रो अवस्थाका बिरामीमा ६० प्रतिशतसम्म स्तन क्यान्सर निको हुने सम्भावना रहन्छ ।

 

 

 

Leave a Reply