व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित बागलुङ नगरपालिका–७ तितौरेमा आयोजित एक महिने तालिम सम्पन्न भएको छ । उक्त तालिममा म्याग्दी जिल्लाका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँलाई एक महिने प्रशिक्षण सकिएपछि एक समारोहको आयोजना गरी विदाई गरिएको हो । तितौरे भलिबल केन्द्रको आयोजनामा भएको प्रशिक्षणमा बानियाँले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । समापन कार्यक्रममा केन्द्रका अध्यक्ष रामकृष्ण कार्कीले प्रशिक्षण निकै उपलब्धीमुलक भएको बताए ।

उनले आगामी दिनमा समेत केन्द्रमार्फत भलिबल प्रशिक्षण सहितका गतिविधिलाई निरन्तरता दिने बताए । समापन कार्यक्रममा गण्डकी प्रदेशका भोलिन्टिएर भलिबल प्रशिक्षक एबं म्याग्दी जिल्लाका भलिबल प्रशिक्षक बानियाँले भलिबल प्रशिक्षणबाट लिएको सिपलाई खेलमा प्रयोग गर्न अनुरोध गरेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी लक्ष्मण कार्कीले यूवाहरु खेलकुदमा आर्कषित हुनुपर्ने बताए ।

कार्यक्रमको सञ्चालन गणेश कार्कीले गरेका थिए । प्रशिक्षणमा शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गराइएको थियो । १२ देखि २५ बर्ष उमेरका ४५ जना युवाहरु सहभागी प्रशिक्षण बिहान र साँझ २÷२ घण्टाका दरले सञ्चालन सहित अतिरिक्त अभ्यास समेत गरिएको थियो।

भारतमा समेत पुगेर प्रशिक्षकको तालिम लिएका बानियाँले यसअगाडी म्याग्दी सहित मुस्ताङ र पर्वत लगायतका जिल्लामा समेत पुगेर प्रशिक्षण दिएका थिए । उनी म्याग्दीको भलिबल क्षेत्रमा निकै अब्बल मानिएको काउलेगौडा यूवा क्लवका संस्थापक अध्यक्ष समेत हुन् । प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादनमा सघाएको छ।

Leave a Reply