अष्ट्रेलियामा रहेको प्रतिष्ठित नेपाली फुटबल क्लव बेनी एफ सीको हालै सम्पन्न भएको वार्षिक साधरण सभा एवम दोस्रो अधिवेशनबाट बेनी एफ सीको अध्यक्षमा सुरज तुलाचन चयन भएका छन् ।

लेपिङटनमा हालै सम्पन्न अधिवेशनबाट आगमी दुई वर्षको कार्यवावधीको लागि सुरज तुलाचनको नेतृत्वमा उपाध्यक्षमा हरि गिरी सचिवमा प्रदिप अधिकारी, कोषाध्यक्षमा दिपक घर्तीमगर र सदस्यहरुमा दिनेश खत्री,लक्की श्रेष्ठ,आशिस कर्मचार्य,दिनेश ओली, डिम्पल छन्त्याल, सुबास खत्री,सुसन श्रेष्ठ, रोसन खत्री रोमन भण्डारी, सर्बिन श्रेष्ठ,सनिल श्रेष्ठ धिरज बानियाँ र गणेश बोगटी चयन भएका छन् ।

नव निर्वाचित अध्यक्षवाट तुलाचनले फुटबलसँगै सामाजिक क्षेत्रमा पनि विगतमा जस्तै निरन्तर सक्रिय हुने बताए । उनले फुटबलप्रेमीहरु सॅगको सम्बन्ध अझैप्रगाढ बनाउनुका साथै नया खालको कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । सोहि अवसरमा नेपालबाट आएका खेलाडीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो।

सुसन श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रोसन खत्रीको प्रमुख अतिथी र सचिव हरि गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। सन् २०१५ सालमा स्थापना भएको क्लबले अष्ट्रेलियामा हुने धेरै प्रतियोगिताहरुमा आफ्नो बर्चश्व राख्न सफल भएको छ।

Leave a Reply