म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यसमिति (मोना) युएईले आयोजना गरेको दोश्रो मोना यूएई ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। आईतबार दुबैस्थित फर्टुना स्र्पोट्स एकेडेमीमा तीनवटा लेभलमा प्रतिस्पर्धामा २६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको लेभल ए अन्तरगत खिम बराल र खेम सङ्ग्रौलाको जोडी विजेता र गौसे आजम र बलबहादुर गुरुङको जोडी उपविजेता हुनुभएको थियो।

लेभल वि पलस अन्तरगत खेम स्रंगौला र जियन शर्माको जोडी विजेता र प्रकाश कुवर रुक मगत पंगेनीको जोडी उपविजेता हुन सफल भए । त्यस्तै लेभल वि मा याम मगर र केसु थापा मगरको जोडी विजेता र भिम गोले र भरत गौतमको टिम उपविजेता बनेको थियो । प्रतियोगितामा बेस्ट पेलेयर खिम बराल बन्नुभएको थियो ।

प्रतियोगितालाई सम्पन्न गराउन प्राविधिक सहयोग गर्ने दिपेश श्रेष्ठ र प्रमित उदय, रेफ्री विक्कि बुढा र किरण राई सम्मानपत्रले सम्मान गरिएको थियो । विजेता खेलाडीलाई समापन समारोहविच नगदसहित ट्रफीले सम्मान गरिएको खेलकुद संयोजक किरन खत्रीले बताउनुभयो।

मोना यूएईका अध्यक्ष सुवास राम्जाली, बरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक किरन खत्री, महासचिव काजीमान बुढाथोकी लगायत कार्यसमिति सदस्यहरुको उपस्थितमा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागि खेलाडी, आयोजक सदस्यहरुलाई नेपाली परिकार सेलरोटी र अँचारको परिकार खुवाउनुभएको थियो भने मोना यूएईकी सदस्य माया पुनले थाली नाच प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगितालाई सफल गराउन सहभागि हुने खेलाडी, प्रायोजक, उपस्थित हुने मोनाका सदस्यहरुलाई अध्यक्ष राम्जालीले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply