म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजना हुने मोना फेस्टिवलको तयारी पूरा भएको छ । आगामी शनिबार अर्थात अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा हुन गईरहेको मोना फेस्टिवलको प्रचारप्रसार सहित अन्य तयारी पूरा भएको मोना फेस्टिवल आयोजक मुल समारोह समितिका संयोजक ज्ञानेन्द्र केसीले बताउनुभयो ।

‘अब हामी फेस्टिवलमा आउनेको स्वागतका लागि आतुर छौ,यो म्याग्दीलाई चिनाउने सुन्दर अवसरको रुपमा लिएका छौ’ संयोजक कार्कीले भन्नुभयो । मोना फेस्टिवलका लागि विभिन्न देशमा रहेका म्याग्देली समेत जापानमा जाने क्रम सुरु भएको छ ।

मोना फेटिस्टवलमा म्याग्दीको अर्गानिक उत्पादन, अल्लो, ढाकाको उत्पादनका साथै जिल्लाको पर्यटकीयस्थलहरुका बारेमा जानकारी सहित नेपाललाई नै चिनाउने प्रयास गरिने मोना जापानका अध्यक्ष विशाल केसीले बताउनुभयो । फेस्टिवलमा २४ स्टल राखिएकोमा म्याग्देलीको ४ देखि ५ स्टल राखिने छ ।

मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष ददिवल खड्काले जापानमा रहेका म्याग्देलीलाई फेस्टिवलको अवलोकन लागि समेत अनुरोध गर्नुभएको छ । ‘यस्ता इभेन्ट सधै गर्न सकिदैन, एकपटक अवसर पाएको बेलामा म्याग्दीलाई चिनाउन सबै आउनुहोला‘ अध्यक्ष खड्काले भन्नुभयो ।

उहाँका अनुसार मोना अन्तराष्ट्रिय र विभिन्न देशको राष्ट्रिय कार्यकारी समितिबाट समेत फेस्टिबलमा आउनेलाई स्वागत गरिएको बताउनुभयउो । मोना फेस्टिबलमा कुल ५० लाखभन्दा बढी नेपाली खर्च हुने अनुमान गरिएको छ । फेस्टिबलमा राखिने सबै स्टल बुक भइसकेको छ । मोना फेस्टिबललाई नेपाली संघसंस्थाका साथै इताबासी नगरका मेयर साकामोतो ताकेशीले समेत सहयोगको बाचा गरेका छन् ।

Leave a Reply