म्याग्दीमा नेपाली भाषा शिक्षक परिषद्को शाखा विस्तार गरिएको छ । ‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएको परिषद्को प्रथम भेलाबाट रमेशप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ।

शनिबार बेनी सामुदायिक माविमा आयोजित भेलाबाट उपाध्यक्ष गङ्गा बानियाँ, सचिव केशवराज पौडेल, कोषाध्यक्ष सुनिता महत, सहसचिव गम्भीर ढकाल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा केशवराज पौडेल,रामकृष्ण खड्का, सममायाँ विक, रमेशराज पौडेल रहेको सचिव पौडेलले जानकारी दिनुभयो । भेलाबाट गोविन्द रिजाल, रेखा कौशल रेग्मी, खगेश्वर रिजाल, रामप्रसाद सुबेदी, र हरि गिरीलाई सल्लाहकार सदस्यमा चयन गरिएको छ ।

भेलाबाट अध्यक्षयमा चयन हुनुभएका पौडेलले नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिने बताउनुभयो । ‘गर्वका साथ नेपाली विषय शिक्षक हुँ भन्ने वातावरण बनेको छ, भाषा र भाषिक अनुसन्धानका क्षेत्रलाई थप बल पुर्याउने गरी जिल्लाका सबै नेपाली शिक्षकलाई परिषद्मा जोड्छौ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

Leave a Reply