म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ जामुनाखर्क निवासी क्यान्सर रोगबाट ग्रसित चन्द्र कुमारी खत्रीलाई म्याग्दी समाज अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । बेनपा ६ वडा कार्यालयको लिखित अनुरोधमा बेनपा ६ चुत्रेनी स्थाई घर भई हाल अमेरिकामा रहनुभएको श्री सुदर्शन पौडेलको संयोजनमा संकलन भएको सहयोग रकम रु, १ लाख ५१ हजार ४ सय २७ रुपैयाँ बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ र वडा सदस्य ईस्वर पौडेलको रोहवरमा पीडित खत्रीलाई हस्तान्तरण गरिएको हो ।

खत्रीको उपचारका लागि अमेरिकामा रहेका म्याग्देलीहरुले स्वतस्फुर्त रुपमा सहयोग स्वरुप रकम प्रदान गरेका थिए । स्तन क्यान्सरबाट ग्रसित खत्रीको भरतपुर क्यान्सर अस्पतालमा हालै शल्यक्रिया गरिएको छ ।घरको आर्थिक अवस्था कमजोर भएकोले खत्रीको उपचारमा समस्या भएपछि बेनी नगरपालिका, वडा नम्वर ६ को कार्यालय, नेकपा एमाले बेनपा ६ वडा कमिटी र स्थानीय आमा समूह र घरपरिवार आफन्त ईश्ट्रमित्रहरुबाट समेत आर्थिक सहयोग संकलन गरिएको छ ।

हाल भरतपुर क्यान्सर अस्पतालमै डाक्टरहरुको निगरानीमा रहेर उपचार भईरहेको खत्रीलाई सहयोग उपलब्ध गराउने सम्पुर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै थप उपचारका लागि आर्थिक सहयोग जुटाउन मोना जापान, मोना कतार, कोरिया लगायत अन्य देशहरुमा रहेका मोना म्याग्दीका सहयोगी मनहरुसङ्ग पनि समन्वय भईरहेको र छिट्टैनै सहयोग रकम प्राप्त हुने आश्वासन प्राप्त भैरहेको वडा अध्यक्ष बानियाँले बताउनुभयो ।

Leave a Reply