म्याग्दीको सदरमुकाम बेनीमा शाखा रहेको प्रभु बैङ्कले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बेनी नगरपालिकाको वडा नं ४ र ५ मा रहेका ७ सयभन्दा बढी बृद्धबृद्धालाई पायक पर्ने ठाउँमै पुगेर भत्ता प्रदान गरेको हो ।

बैङ्कले वडा कार्यालयको समन्वयमा एक दिने सामाजिक सुरक्षा भत्ता वितरण तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको बैङ्कका शाखा प्रबन्धक विनोद घर्ती क्षत्रीले बताए।‘बृद्धबृद्धाहरु बेनीमा आउन जान निकै सास्ती हुन्छ,घरदैलोमै पुगेर सेवा दिदाँ उहाँहरु निकै उत्साहिन हुनुहुन्छ’ शाखा प्रबन्धक क्षत्रीले भने । उनले बृद्धभत्ता लिन आउने आगामी दिनमा पनि गाउँमै आएर वितरण गर्न अनुरोध गरेको बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणमा वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का, वडा नं ५ का अध्यक्ष गोविन्द बानियाँ सहित जनप्रतिनिधिले समेत बैंकका कर्मचारीलाई सहयोग गरेका थिए । उक्त समयमा ग्राहकको ग्राहक पहिचान फारम भर्ने, नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम पनि गरिएको थियो ।

प्रभु बैंकले सामाजिक सुरक्षा भत्ता वितरणसँगै वित्तीय सम्बन्धी साक्षरता समेत प्रदान गर्ने गरेको छ । नगरपालिका भित्रकै वडाबाट सदरमुकाम बेनीमा आएर लामो लाइनमा बस्दै भत्ता लिएर जानुपर्ने बाध्यतामा वित्तिय संस्था गाउँमै पुग्दा राहत महसुस गरिएको छ ।

Leave a Reply