बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेकी छोरी प्रपन्ना पौडेल बेनी सामुदायिक माविको प्रवेश परीक्षामा सहभागि भइन् । सदरमुकाम बेनीबजारकै निजी विद्यालयमा उत्कृष्ट विद्यार्थीभित्र पर्ने छोरीलाई कक्षा २ मा भर्नाको प्रक्रियामा उपमेयर लामिाछाने श्रीमान नेकपा माओवादी केन्द्रका सचिव कुशल पौडेलसँगै विद्यालयमा पुगिन् । विद्यार्थी भर्ना अभियान सुरु भएसँगै उपमेयर लामिछानेले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेकी हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा समेत केन्द्रित भएको अवस्थामा छोरीलाई सामुदायिक विद्यालयमै भर्ना गरेको उपमेयर लामिछानले बताइन् । बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठले उपमेयर लामिछानेको रोजाईमा परेकोमा खुसी लागेको बताए ।

उनले विद्यालयमा भर्ना हुन चाहने सबै विद्यार्थीलाई भर्नाका लागि तयार भएपनि प्रयाप्त संरचनाको अभावका कारण समस्या भएको बताए । विद्यालयमा २ सयभन्दा बढी अभिभावकले आफ्ना छोराछोरीलाई भर्ना गर्न आइतबार विद्यालयमा पुगेका थिए । कुल १ सय १० जना विद्यार्थी आएमा प्रवेश परीक्षाको बाध्यता नहुने भएपनि संख्या धेरै हुँदा अनिवार्य प्रवेश परीक्षा गर्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । विद्यालयमा आउने विद्यार्थीलाई विब्यस अध्यक्ष सम्मरबहादुर थापा, प्रअ श्रेष्ठ, सहायक प्रअ काशिराम रेग्मी, भिम घर्ती मगर सहित शिक्षकले स्वागत समेत गरेका छन् ।

Leave a Reply