बागलुङ जिल्लाको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा सोमबार साझमा  रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।
बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घाईतेको उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Leave a Reply