राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीमा नियुक्त  भएका छन्।

प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

स्वतन्त्र रुपमा चुनाव जितेका मनाङे पछिल्लो समय एकीकृत समाजवादीमा आवद्ध थिए। तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै उनले आइतबार मात्र एकीकृत समाजवादी त्यागेको बताएका थिए।

सत्ता जोगाउन आन्तरिक गृहकार्यमा जुटेको कांग्रेसले मनाङेलाई मन्त्री बनाएर सत्तामा रहिरहने रणनीति बनाएको उच्च श्रोतले बताएको छ। नयाँ गठबन्धन पनि सत्ता हत्याउनका लागि बहुमत पुर्याउने कसरत गरिरहेको छ। सत्ता समीकरण बदलिएसँगै गण्डकीमा सरकार टिकाउने र बनाउने खेल सुरु भएसँगै मनाङेले पार्टी परित्याग गर्दा राजनीतिमा नयाँ ट्वीस्ट आएको छ।

मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

Leave a Reply