युवा रेडक्रस सर्कल यु वेष्ट पोइन्ट आवासीय मा.वि.ले जिल्लास्तरीय अन्तर मावि विषयगत हाजिरीजवाफ प्रतियोगीता सम्पन्न गरेको छ । आइतबार विद्यालयमा आयोजना गरिएको प्रतियोगिताको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाले उद्घाटन गर्नुभएको थियो ।

जिल्लाका १२ वटा विद्यालयहरु सहभागी भएको प्रतियोगितामा बेनीस्थित लिटल गार्डेन एकेडेमी प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा रघुगंगा मावि पिप्ले दोश्रो, प्रकाश मावि तेश्रो र न्यु वेष्ट पोइन्ट आवासीय मावि सान्त्वना भएका छन् । प्रथम द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश: ८ हजार, ५ हजार ३ हजार र १५ सय नगद, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा माध्यमिक शिक्षा परीक्षा SEE लाइ केन्द्रित गरि विषयगत प्रश्न र रेडक्रस सम्बन्धि प्रश्नहरु समेत सोधिएको थियो । प्रतियोगातामा विषयगत प्रश्नहरुको प्रतियोगिता संचालन  केशवराज पौडेल, खुमबहादुर मल्ल, मनोज खड्का, सरोज लकान्द्रीले गर्नु भएको थियो ।

कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक निर्देशकहरु,  शिक्षक अभिभावक संघ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्ट आवासीय माविका अध्यक्ष अयुषा फगामीको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापती अमर बानियाको प्रमुख आतिथ्यता, विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागत र शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।

   

Leave a Reply