म्याग्दीको मंगला गाउँपालिका-२,हिँदीमा सञ्चालित मालिका भ्यू होमस्टेमा पुगेका लोकप्रिय संगीतकार दिपक शर्माले अर्गानिक परिकारको स्वाद लिए । संगीतकार शर्माले होमस्टेमा स्वागद तथा विदाइ गर्ने तरिका र परिकार मन परेको बताए।

शर्माजस्तै धेरै पटक पुगेका होमस्टेमा बस्न पुगका बेनीका सन्तोष रावलले समेत एउटा दुर्गम गाउँमा होमस्टेले ग्रामिण पर्यटनको फूल फुलाएर उदाहरण प्रस्तुत गरेको बताए । ‘गाउँको उत्पादन चाख्न होमस्टैमै आउनुपर्दो रहेछ,’ संगीतकार शर्माले भने । उनले हिँदीको होमस्टेको बसाई अविस्मरणीय रहेको बताए ।

हिँदीको होमस्टे अर्थात् घरबासमा शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहारका कारण पछिल्लो समय म्याग्दीका साथै जिल्लाबाहिरबाट समेत पुग्ने गरेका छन् ।

ग्रामीण जीवनशैली बुझ्न चाहनेहरू, प्रसिद्ध धार्मिक गन्तब्य मालिकाधुरीको दर्शन, अर्गानिक बस्तुको खरिदका लागि जानेहरुलाई समेत होमस्टेले सजिलो भएको छ । कृषि तथा ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको हिँदीमा सञ्चालित होमस्टेमा भिआईपी सहित ८ कोठे मालिका भ्यू होमस्टे सञ्चालनमा आएको हो ।

जिल्लाकै प्रख्यात धार्मिकस्थल मालिकाधुरीका साथै पदैलमार्गमा रमाउन चाहनेलाई लक्षित गरी सञ्चालन गरिएको होमस्टेमा पछिल्लो समय जिल्लाभित्र र बाहिरबाट समेत पुग्ने गरेको सञ्चालक गोमा शर्माले बताईन् । ‘अर्गानिक खानाको परिकारका लागि आउनुहुन्छ, हामीले अर्गानिक कोशेली पनि दिएर पठाउँछौ’ सञ्चालक शर्माले भनिन् । होमस्टेको चापलाई मध्यनजर गरी क्षमता थप गर्ने समेत योजना समेत रहेको बताईन् ।

हिँदी अर्गानिक उत्पादनका लागि समेत पकेट क्षेत्र भ बनिरहेको अवस्थामा होमस्टेमा सबै स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने गरिएको छ । होमस्टेबाट करिब २ घण्टाको पैदलयात्रा गरेपछि हिँदीबाट मालिकाधुरीमा पुगिन्छ । होमस्टेमा आउने नयाँ पाउनालाई आसपासका क्षेत्रको दृष्यावलोकन सहित मालिकाधुरीको महत्वका बारेमा समेत जानकारी गराइने छ ।

सडक सञ्जालसँग जोडिएको हिँदीमा पछिल्लो समय चहलपहल बढेको छ । यता मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले मंगलाका ग्रामिण बस्तीहरु होमस्टेका लागि प्रचुर सम्भावना भएको बताए । मंगलाका पर्यटकीय गन्तव्यमा पर्यटन प्रवर्द्धन गर्न स्थानीय र पर्यटन ब्यवसायीसँग सहकार्यका लागि पालिकाले समन्वय गरेको बताए । उनले विभिन्न समयमा तालिम तथा पर्यटकीयस्थलमा पूर्वाधार विस्तारसँगै प्रचारप्रसारमा समेत हयोग गर्दै आएको बताए ।

 

Leave a Reply