शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा श्रीपञ्चमीको अवसर पारेर सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भएको छ ।

विद्यालयमा विद्यार्थीले सामूहिक रूपमा सरस्वती वन्दना वाचनसहित विशेष पूजापाठ र आराधना गरी बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको हातबाट १७ जना विद्यार्थीलाई स्टेशनरी र झोला वितरण गरिएको थियो ।

कक्षा १ देखि १२ सम्मका विद्यार्थीको उपस्थितीमा भएको पूजापाठमा विद्यार्थीले सरस्वतीको महत्वका बारेमा समेत जानकारी गराएका थिए । विद्यालयले खेल्दै पढ्ने वातावरण सहित मन्टेश्वरी स्थापना गरेको छ ।

नेपालमै उत्कृष्ट विद्यालयभित्र पर्ने बेनी सामुदायिक माविमा हाल १४ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीले पढ्नुभन्दा अघि, संगित साधकले वाद्यवादन बजाउनुअघि र शिल्पकारले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन् ।

हेरौं नानिबाबुले अक्षरारम्भ गरेको केही तस्विर ।

 

Leave a Reply