Addictive substances, including alcohol, cigarettes and drugs.

म्याग्दीमा चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेटदेखि गाँजा र खैरो हेरोइनसम्मका लागूपदार्थको ओसारपसार र प्रयोग भइरहेको छ । लहैलहैमा लागूऔषधको दुर्वसनमा फस्ने किशोरहरू अहिले सहरदेखि ग्रामिण क्षेत्रसम्म भेटिन्छ । बजारका प्रयोगकर्ताहरुलाई भारतीय सिमा क्षेत्रबाट समेत लागु औषध आइपुग्छ ।

पछिल्ला ५ बर्षमा बेनीबजार आसपासका क्षेत्रमा बरामत भएको लागुऔषध र कारोबारीकर्ताको बयानले समेत प्रयोगकर्ताहरू स्कुले विद्यार्थी देखि ३५ बर्ष उमेरसम्मका छन् । बेनी आसपासका प्रयोगकर्तालाई भारतीय बजारबाट लागूऔषध ओसारपसारको ‘ट्रान्जिट’ पोखरा बनेको छ । पोखरा आसपासका पक्राउ परेका कारोबारीले समेत बेनीसम्मको रुटका बारेमा बयानमा खुलेर बोल्ने गरेको पाइन्छ ।

म्याग्दीमा पछिल्ला समय घटेका जघन्य अपराधको कनेक्सन पनि लागुऔषधको प्रयोगसँग जोड्ने प्रसस्तै आधारहरू छन् । लागुऔषधको प्रयोगकर्तालाई निरुत्साहित गर्न राज्यका निकायहरू पहिलेदेखि लागिपरिरहेका पनि छन् तर आश्चर्यको विषय त के छ भने यस्ता दुव्र्यसनीको संख्या दैनिक थपिँदै गएका छन् ।

ज्ञान आर्जन गर्न विद्यालयमा प्रवेश गरेका उमेरमा स्वयं स्वास्थ्यघात गर्ने र कुलतमा फस्ने÷फसाउने आचरण र संस्कारको निर्माण नेपालको भविष्यका लागि ठूलो चिन्ताको विषय बनेको छ । कुलतबाट सम्बन्धित व्यक्ति मात्र कुलतमा फसिरहेका छैनन् उसले पूरै परिवार र समाजलाई पनि समस्यातर्फ धकेलिरहेको छ ।

कुलतमा फसेकाहरूले लागूऔषध किन्नकै निम्ति परिवारको पैसा–सम्पत्ति हरतरहले सकिरहेका छन् । गाउँबाट बजारमा पढ्न झरेकाहरु अहिले कुलतको सिकार भइरहेका छन् भने दुब्र्यसनका कारण समाजमा अपराधका घटनाहरू बढेका छन्।

झैझगडा र चोरी मात्र होइन, दुर्वसनीबाट आफ्नै साथीको हत्या भएका उदाहरण पनि छन् । कुलतमा प्रवेश गर्नेहरुको हातमा चुरोट, हुक्का सेवन गर्दागदैं सिरिन्जको समेत प्रयोग गरेको भेटिन्छ । सहपाठी साथी, सहकर्मी, आफन्तजन तथा घरपरिवार र समाजले कुलतमा फसेका आफन्तजनलाई सही बाटोतिर फर्काउने प्रयत्न गर्नुपर्छ । अब पनि कुलतमा फसेकालाई पुर्नस्थापना केन्द्रमा लैजाने र सुधारका अन्य बाटो नखोज्ने हो भने बिकराल अवस्था आउने देखिन्छ ।

म्याग्दीका रहेक बस्तीमा कुलतमा फसेकालाई नयाँ जिवन दिने अभियानमा जोड्नुपर्छ । यसलाई मध्यनजर गरी समाज र घरमा सिर्जनात्मक कार्यहरू गर्नु÷गरिनु जरुरी हुन जान्छ । अध्ययनअनुसार लागूऔषधको सबैभन्दा बढी प्रयोग धुँवाजन्य पदार्थको प्रयोगबाट भएको देखिन्छ ।

त्यसैगरी, चपाएर वा मुखमा भिजाएर त्यत्तिकै मात्रामा प्रयोग भएको पाइएको छ । घरपरिवार पनि बेइज्जत हुन्छ भन्ने डरले आफन्तको यस्ता कमीकमजोरी लुकाउने र भन्न नचाहने भएकाले पनि यो स्वास्थ्य संकट बढ्दै गएको देखिएको छ । यसको रोकथामका लागि अब सम्बन्धित सबैलाई एक बृहत् सहकार्यमा गोलबद्ध गर्नुपर्छ। पछिल्लो साता बेनीमा भएको घटनाले समेत अब कुलतमा फसेकालाई घरपरिवारबाटै पहिचान गरी सुधारको अभियानमा जोड्नुपर्छ।
बेनी साप्ताहिक समाचारपत्रबाट

Leave a Reply