म्याग्दीका एकल महिलाका लागी ३ दिने धूप बनाउने तालिम सम्पन्न भएको छ । एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी शिवालय मन्दिरमा एकल महिलाको आयआर्जन र दैनिक पूजापाठ, मन्दिरमा प्रयोग गरिने धूप बनाउने तीन दिने तालिमको आज बिहिबार समापन भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाक उपप्रमुख ज्योति लामिछानेले गर्नुभएको थियो । प्रमुख अतिथि लामिछानेले यो तालिम लिएपछी उत्पादन गर्न सकेको खण्डमा बाहिरबाट आउने धुपलाई नियन्त्रण गर्दै स्थानीय धुपलाई प्राथमिकता दिने र बजार ब्यबस्थापन गर्न सकिने बताउनुभयो ।

समापन कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठले यस्तो कार्यक्रम बिशेष गरि विद्यालया स्तरमा लक्षित गरि उत्पादन गरेमा विद्यार्थीहरुलाई आम्दानीको श्रोत र उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने बताउनुभयोकार्यक्रममा सहभागीका तर्फबाट प्रकाश माविकि प्रतिक्षा ढुंगाना, दिल कुमारी खड्का, शिवालय मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष बिक्रम श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

तालिममा २२ जनाको सहभागिता रहेको थियो।अन्य धूपबाट निस्कने धुवाँले फोक्सो र श्वासनलीमा गम्भीर असर गर्ने सचेतनामुलक जानकारी सहित सो कार्यक्रमकोआयोजना गरिएको हो ।

घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको हो । तालिम कार्यक्रम समापनको अध्यक्षता केन्द्रकी अध्यक्ष देवी केसी र सञ्चालन सचिव हिरा उपाध्यायले गर्नुभएको थियो ।

तालिममा सहभागी एकल महिलाले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । बजारमा पाइने विभिन्न बाँस्नाका धूपबाट निस्कने सिन्के थुपको धुवाँ, लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउने एक अनुसन्धानले देखाएको छ ।

Leave a Reply