भारतीय सिमकार्ड प्रयोग गरेर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ। पर्वतको कुश्मा नगरपालिका- २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका- १४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ।‘सच्चाइ केन्द्र’का अध्यक्ष पकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत् ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए।

सच्चाइको पैसा दिन सक्ने व्यक्ति अनुमान लगाएर माघ १३ गते सच्चाइ केन्द्रमै पुगेर १/२ घण्टा बसेर प्रकाशदीप गैरेको नम्बर लिएर आएको भेटियो, ‘ प्रारम्भिक बयानबारे एसपी थापाले उल्लेख गरे। एसपी थापाका अनुसार माघ १८ गते गैरेलाई ५ करोड फिरौती माग्दै फोन र म्यासेज गरेका थिए।

लक्ष्मण ४ वर्ष कतार बसेर नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किएको १ महिनामात्रै भएको छ। प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार विदेशबाटै योजना बुनेको अनुमान गरिएको छ।

बरामद गरिएकाे सामान।

दीपकबहादुर क्षेत्री गतवर्ष मात्रै जिल्ला प्रहरी कार्यालय, पर्वतमा हातहतियार तथा खरखजनासम्बन्धि मुद्दा चलेका व्यक्ति हुन्। प्रक्राउ परेका दर्जी र क्षेत्रीको साथबाट किताबदेखि बन्दुकमा लाग्ने केपसम्म फेला परेको छ। दिएको छ। नोटबुकसँगै विभिन्न व्यक्तिको नाम लेखेको कागजको पन्नासमेत फेला परेको एसपी थापाले बताए ।

Leave a Reply