म्याग्दी प्रवासी नेपाली संघ मोना स्पेनले मलेसियामा उपचारको क्रममा ज्यान गुमाएका एक यूवाको परिवार सहित म्याग्दीका चारजनालाई संकलन गरेको १ लाख ८० हजारभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

विभिन्न रोगबाट ग्रसित भएर उपचारमा सहयोगको याचना गरेका पीडितलाई लक्षित गरी संकलन गरिएको १ लाख ८१ हजार २ सय एक कार्यक्रम गरी पीडितका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग मलेसियामा उपचारको क्रममा मृत्यु भएका रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेका दिपक छन्त्यालका दाई यूकेश छन्त्याल, रघुगंगा–६,पाखापानीका क्यान्सर पीडित गनबहादुर शेरपुञ्जा मगर,बेनी नगरपालिका–३, भकिम्लीकी मृगौला पीडित स्मृति पुन छन्त्याल र बेनपा–१० पात्लेखेतकी हड्ढीको क्यान्सर पीडित मोनिका पाइजालाई ४५ हजार ३ सयको दरले १ लाख ८१ हजार २ सय रुपैयाँ मोना स्पेनका महासचिव प्रविण सुबेदीले हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जा लगायतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरणमा पीडितका आफन्तले उपचारमा प्रवासमा रहेका म्याग्देलीबाट भएको सहयोगले निकै सहज भएको बताएका थिए ।

सहयोग संकलन तथा हस्तान्तरण कार्यक्रममा मोना स्पेनका महासचिव सुबेदीले स्पेनमा रहेका म्याग्देलीहरुले यसअगाडी पनि धेरै सहयोग गरेको बताउँदै आगामी दिनमा पनि म्याग्देलीलाई पर्ने दुख र समस्याको समाधानमा केन्द्रित भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले उपचारका लागि गरिएको सहयोगको सदुपयोग गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply