सडक विस्तारको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँको अँधेरी खोलाको सडकमै रूख ढालेर र पर्खाल लगाएर बाटो अवरोध गरिएको छ । मंगला-१ कुहुँ र पूर्णगाउँ जोड्ने सडकखण्डमै पर्खाल लगाएर बाटो अवरुद्ध भएपछि यातायातका साधन प्रभावित भएको स्थानीय कृष्ण गौचनले बेनीअनलाइनलाई बताउनुभयो। ‘बाटो बन्द गरिएको छ,अहिलेसम्म बन्द छ‘स्थानीय यूवा गौचनले भन्नुभयो ।

सडकखण्डमा पर्खाल र रुख ढालेर अवरोधगरिएपछि कुुहुँ र पूर्णगाउँबाट सदरमुकाम बेनी तथा गाउँपालिकाको केन्द्रबावियाचौर जाने यातायातका साधन समेत प्रभावित भएको छ ।कुहुँ–भिरकटेरा हुदै टोड्के जाने सडकखण्ड विस्तारको विषयमा कुहुँ र पूर्णगाउँ बिचको विवाद रहेको छ ।

कुहुँ हुदै रघुगंगा गाउँपालिका–५, झिँ, पाखापानी लगायतका क्षेत्रमा आवतजावत गर्न भिरकटेरा हुदै छोटो मार्ग रहेको कुहुँबासीको भनाई छ भने पूर्णगाउँको सामुदायिक बन समुहले सडक टोड्के, झिँ जाने सडक हुदाँहुदै अर्को बैकल्पिक सडकले पहिरोको जोखिम भएको भन्दै डिभिजन बन कार्यालय म्याग्दीमा उजुरी दिएपछि थप सडक विस्तार रोकिएको थियो । पूर्णगाउँबासीले माथिल्लो क्षेत्रबाट बाटो खन्दा बाढीले खेतबारी जोखिममा परेको बताउँदै एउटै बाटोलाई सहज बनाउनुपर्ने माग गरेका छन् ।

हालसम्म भिरकटेरा हुदै चार किलोमिटर विस्तार भइसकेको छ भने साढे १ किलोमिटर सडक विस्तार गर्न बाँकी छ। सडक विस्तारका लागि २२ लाख बजेट विनियोजन गरिएको छ । सडक विस्तारमा देखिएको समस्या समाधानका लागि दुबै बस्तीका समुदायसँग बसेर समाधानको तयारी समेत भइरहेको छ ।

वडाका जनप्रतिनिधिले सडक विस्तारको विवादले कार्यसम्पादनमा समेत समस्या भएकाले सरोकारवाला निकायलाई समस्याको दिर्घकालिन समाधानमा सहयोग गर्न समेत अपिल गरेका छन् ।

 

Leave a Reply