Addictive substances, including alcohol, cigarettes and drugs.

म्याग्दीमा प्रतिबन्धित खैरो हेरोइनको लतमा फसेका यूवाहरूलाई लक्षित गरी ल्याउँदै गरेका एक भारतीय यूवालाई गतबर्ष प्रहरीले नियन्त्रणमा लियो । भारतको पश्चिम बंगाल घर भएका २८ बर्षिय अलेमुन हकलाई गोप्य सूचनाको आधारमा बेनी नगरपालिका–८,कालिपुलबाट ६.५ ग्राम खैरौ हेरोइन बरामद ग¥यो ।

उनले बयानमा म्याग्दीमा खैरो हेरोइनका सेवनकर्ताको संख्या १० देखि १५ जनासम्म रहेको बताए । सेवनकर्ताको अग्रिम भुक्तानी पाएपछि हौसिदै आएका यूवा प्रहरी फन्दामा परेपनि प्रयोकर्तासम्मको कनेक्सन फेला परेन् । गतबर्ष नै कालीपुलबाट रघुगंगा गाउँपालिका–७, का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीबाट २ सय एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन सहित नियन्त्रणमा लिएको प्रहरी नै प्रयोगकर्ताको लर्को देखेर चकित भयो ।

यो घटना बेनीबजार आसपासमा लागूऔषधको कारोबार कसरी र कुन स्वरूपमा भइरहेको छ भन्ने बुझाउने दृष्टान्त हो । चिकित्सकको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने औषधिहरू डाइजेपाम, फेनारगन, नोफिन, नाइट्रोभेट छ्यापछ्याप्ती पाइन्छ । खैरो हेरोइन नपाइएपछि प्रयोगकर्ताले एम्पुल प्रयोग गर्ने गरेको समेत भेटिएको छ । आर्थिक हिसाबले सस्तो र बिक्रेताको संख्या अधिक भएर होला सुईबाट लागुऔषध लिनेको संख्या बढेको अनुमान अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ ।

म्याग्दी प्रहरीको तथ्याङ्क हेर्दा आव २०७९÷०८० मा ६.५ ग्राम लागूऔषध खैरो हिरोईन, डाईजेपाम २३४ एम्पुल, फेनारागन २३५ एम्पुल र नुर्फिन २३४ एम्पुल ३ केजी ४० ग्राम गाँजासँगै १२ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए । ‘दुब्र्यसनीमा फसेकाहरूले परिवारलाई पनि आजित बनाएका छन, अपराधिक घटना नियन्त्रण गर्न कुलतमुक्त समाज बनाउनुपर्छ’प्रनाउ कुँवरले भने ।

उनका अनुसार यो आवको ६ महिनामा लागुऔषध र लागुपदार्थ सहित ५ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाइएको छ । ग्रामिण र सहरी क्षेत्रमा मदिरा सेवनकर्ताहरूबाटै धेरै हिंसाका घटना हुने गरेको छ ।

म्याग्दीमा कुलतमा फसेकाले प्रहरीले थाह पाउने डरले उनीहरू आफ्ना साथीमाझ र बिक्रेताका लागि फरक भाषा प्रयोग गर्छन्। प्रयोगकर्तामाझ खैरो हेरोइनलाई धुलो, पिठो,सामान र माल, एम्पुललाई पानी र ग्लुकोज र विक्रेतालाई डिलर, पासा, साहू र साथीजस्ता शब्द प्रयोग गर्छन्। म्याग्दीमा पछिल्लो समय सिरिन्जबाट लागुऔषध लिनेको संख्या बढेको देखिन्छ ।सेवनकर्ताले आफुँले प्रयोग गर्न सजिलो र बेचेमा मनग्गे कमाइ गर्न सकिने बताएपछि यस्तो धन्दामा लागेको प्रहरीसँग बताउने गरेका छन् ।

प्रयोगकर्ता नै लागूपदार्थ कारोबारीमा संलग्न हुन थालेपछि सम्पर्कमा रहेका किशोरकिशोरी एवं युवालाई समेत मगाउने गरेको पाइएको छ ।बेनीबजारमा पर्वतबेनी तथा बागलुङ हुदै भरीयाको रुपमा समेत लागुऔषध लिएर आउने गरेका छन् ।

ग्रामिण क्षेत्रमा प्रहरीले गाँजाको बोट फँडानीको अभियान सञ्चालन गरेपनि गाँजा, चरेसको प्रयोगकर्ताको संख्या घटाउन सकिएको छैन् । हुनेखानेका परिवारका सदस्य मात्रै होइन, मध्यमदेखि निम्नवर्गीय परिवारका सदस्यसम्म लागूऔषधको दलदलमा फसिरहेका छन् ।

स्कुलको सटरबाटै ब्यापार
म्याग्दीको सदरमुकाम बेनीबजारमा विद्यालय पोसाकमै एक विद्यार्थी चुरोट तानिरहेका थिए । खाजा खाने बाहनामा विद्यालयबाट बाहिर निस्कने विद्यार्थीले समेत नजिकैको चिया पसलमा पुगेर चुरोट सेवन गर्छन् । सदरमुकाम बेनीबजारमात्रै नभई ग्रामिण क्षेत्रका विद्यालयमा समेत पछिल्लो समय यो सामान्य जस्तै भएको छ ।

विद्यालय क्षेत्रवरिपरि मदिरा र चुरोट पसल हटाउन विद्यालय प्रशासनले समेत बेवास्ता गर्दा शिक्षा आर्जन गर्न विद्यालय पुगेका विद्यार्थी कुलतमा फसेका छन् । पोशाकमै चुरोट, हुक्का सेवन गर्ने विद्यार्थीले मदिरा समेत सेवन गर्न थालेका घटना अहिले समाजमा समान्य हुन थालिसक्यो। गलत संगतका कारण स्कुले उमेरकै विद्यार्थी ‘कुलतमा फस्ने गरेका छन्। कुलतमा फसेका विद्यार्थी शिक्षकसँग समेत डराउन छाडेका छन् भने सुरक्षित पठनपाठनको वातावरण समेत बिथोल्ने गरेको पाइन्छ।

बेनीमा विद्यालयको भवन भाडामा दिएका बेनी सामुदायिक मावि, प्रकाश माबि, बालमन्दिर माविको सटर भाडामा लिएका ब्यापारीले खुलेआम चुरोट र मदिराजन्य बस्तु बिक्री गर्ने गरेका छन् । बेनी सामुदायिक माविका प्रधानाध्यापकले दिपक श्रेष्ठले पटकपटक सचेत बनाइएको बताए ।

‘चुरोट,मदिरा बिक्री गरेमा हटाउने चेतावनी दिएको छु,‘फेरी अनुगमन गछु, विद्यार्थीलाई स्कुल समयमा बाहिर निस्कन दिन्नौ’ प्रअ श्रेष्ठले भने । सरकारी तथा निजी विद्यालय, अभिभावकले विद्यार्थीको बानीबेहोरा परिवर्तन, पारिवारिक अवस्था, सामाजिक अवस्थाका बारेमा सचेत हुननसक्दा जोखिम बालबालिका दुब्र्यसनमा फस्ने सम्भावना धेरै रहेकाले विद्यालय आसपासका क्षेत्र बाहेक उमेर हेरेर बिक्रीवितरणमा रोक लगाउनुपर्नेमा अभिभावकको माग छ

Leave a Reply