म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट खेलकुद प्रशिक्षकमा छनौट भएका छन् । म्याग्दी जिल्लामा विद्यालयस्तरबाटै भलिबल खेलप्रतिको आर्कषण बढाउन सक्रिय बानियाँ खेलकुद प्रशिक्षक छनौटका लागि विभिन्न विधाका प्रशिक्षकहरुसँगको प्रतिष्पर्धाबाट छनौट भएका हुन् ।

भलिबल खेल क्षेत्रमा बाल्यकाल नै प्रवेश गरेका बानियाँ करिब १८ वर्ष यही क्षेत्र लाई निरन्तरता दिदै आएका छन। म्याग्दी जिल्ला पुर्व क्याप्टेन भलिबल खेलाडी हुदै रेफ्री हुदै प्रशिक्षक समेत रहेका बानियाँ अहिले म्याग्दी जिल्ला भलिबल संघको अध्यक्ष भएर भलिबल कोष बनाउन अक्षय कोषको स्थापना समेत गरेका छन् ।

Adv

संस्थागत र ब्यक्तिगत रुपमै प्रशिक्षण सहित भलिबल खेलको प्रर्वधनमा सक्रिय रहेका बानियाँले अब जिल्ला खेलकुद विकास समितिबाट खेल क्षेत्रको थप सक्रिय हुने अवसर मिलेको बताउँछन् ।

‘मेरो लागि यो अवसर हो, अब मैले भलिबल खेलका लागि थप समय दिन सक्छु, प्रतिस्पर्धाबाटै छनौट हुन पाउँदा खुसी छु’ बानियाँले भने । उनले संस्थागत विकास र प्रशिक्षणलाई सँगसँगै लैजाने बताए ।

सन् २०१९ मा नेपाल सरकार राष्ट्रिय खेलकुद परिषदबाट भारतको बेङलोर बाट सर्टिफिकेट लेभल भलिबल कोर्षमा कक्षा उत्कृष्ट भएका बानियाँ गण्डकी खेलकुद परिषदले आयोजना गरेको ३ महिने सहायक प्रशिक्षक कोर्ष र राष्ट्रिय भलिबल रेफ्री रिफरेसर कोर्ष समेत लिएका छन् ।

adv

उनले म्याग्दी, बागलुङ, मुस्ताङका साथै नेपाली सेनालाई समेत प्रशिक्षण दिएका छन् भने करिब २ दर्जनभन्दा बढी विद्यालयमा पुगेर समेत प्रशिक्षण दिएको अनुभवले समेत यो अवसर दिलाएको बताउँछन् । नेपालको राष्ट्रिय खेल भलिबल भएकाले यस लाई सबैले विकास र विस्तार गर्न साथै संरक्षणमा समेत उनले अनुरोध गरेका छन् । उनले आफ्नो नयाँ जिम्मेबारीमा नयाँ प्रतिवान खेलाडी उत्पादमा विशेष समय दिने र खोजी गर्ने मुख्य लक्ष्य रहेको बताए ।

 

Leave a Reply