म्याग्दीको बेनी नगरपालिका–४ सिंगा राजिकुलोमा सञ्चालनमा आएको कोल्डस्टोर (शीत भण्डार) भण्डारण गरिने सुन्तलालाई बोट र बगैंचाबाटै सुधार गरिने भएको छ ।

सुन्तला बगैचामा प्रशस्त उत्पादन हुने सुन्तलाको बेमौसममा बजारीकरणका बेनी नगरपालिकाले सञ्चालन गरेको कोल्डस्टोरमा आउने उत्पादनलाई अब बगैंचादेखि नै उपचार र ढुवानीसम्म ध्यान दिनुपर्ने देखिएको बेनी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताए ।

‘परीक्षणकालमै धेरै अनुभव भएको छ, अहिले देखिएको कमीकमजोरीलाई सुधारको कार्ययोजना समेत बनेको छ’ वडा अध्यक्ष खड्काले भने । परीक्षणकालमा चोट लागेका, सानो दाना र टिप्दा, ढुवानीमा समेत क्षती पुगेकालाई अहिले छुटै राखिएको र विज्ञसँग समेत नियमित प्राविधिक सहयोग लिने गरिएको बताए ।

रसिलो र स्वादिलो सुन्तला कै कारण लोकप्रिय रहेको म्याग्दीमा बोटको उपचार तथा टिप्ने क्रममा ध्यान नदिदाँ चोट लागेका सुन्तला कोल्डस्टोरमा आउँदा लामो समयसम्म टिकाउ नहुने देखिएपछि आगामी बर्ष कोल्डस्टोरमा आउने सुन्तलालाई बगैंचामै फल्ने बेलादेखि ढुवानीसम्म आधुनिक प्रविधिको प्रयोग गरिने छ ।

सुन्तला सहित अन्य नगदेबालीलाई टिप्ने र ढुवानी गर्ने बेलामै सजक अपनाउन नयाँ र आधुनिक प्रविधि सहितका उपकरणहरु, कोल्डस्टोरमा छुटैं मेसिन समेत आवश्यकता पर्ने, कोल्डस्टोर सञ्चालनमा अन्तराष्ट्रियस्तरको मोडेललाई समेत प्रयोग गर्न सकेमा सतप्रतिशत नै बजारमा लैजान सकिन्छ ।

हाल न्यूजिरल्याण्डमा सफल नेपाली कृषि ब्यवसायी बेनी नगरपालिका वडा नं ४ बास्कुनाका लालबहादुर केसीले कोल्डस्टोरमा सुन्तला राखेर मात्रै स्वादिलो सुन्तला बजारमा लैजान नसकिने बताए ।

न्यूजिरल्याण्ड र जापानमा किबी खेतीका सफल ब्यवसायी केसीले फलफुललाई कोल्डस्टोरबाट उपभोक्तासम्म लैजान ध्यान दिनुपर्ने बताए । कोल्डस्टोरमा ल्याइने उत्पादनलाई बजारीकरणमा सघाउने गरी कृषकलाई तालिम सहितका सचेतनामुलक अभियान सञ्चालनको योजना बनाइएको छ ।

बजारीकरण र प्रवर्द्धनमा समेत स्थानीय जनप्रतिनिधिले सघाउने प्रतिबद्धता जनाएका छन् ।२० हजार केजी सुन्तला राख्ने क्षमता रहेको कोल्डस्टोरमा पहिलो बर्ष भएकाले १ सय ५ केजी राखिएको छ ।

बेनी नगरपालिका तथा जिल्लाको सुन्तला उत्पादन हुने पकेट क्षेत्रका कृषकले सिजनमा सुन्तला टिपेर सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने योजना छ । सिजनपछि करिब ४ महिना कोल्डस्टोरमा राखेर बजारमा लैजान सकेमा पनि दोब्बर मुनाफा हुन्छ ।

कोल्डस्टोर निर्माणका लागि १ करोड ८३ लाख ४४ हजार लागत अनुमान गरिएकोमा राजेशबाबु निर्माण सेवा जाजरकोटले १ करोड ५१ लाख २० हजारमा निर्माण सम्पन्न गरेको थियो। यस पटक बास्कुना, भकिम्लीको मरेक, राखु र बरंजाको सुन्तला कोल्ड स्टोरमा राखिने छ। कोल्ड स्टोरमा मौसम अनुसार आलु, तथा किवीका साथै अन्य नगदे बालीलाई समेत भण्डारण गरिने छ।

Leave a Reply