बागलुङबाट म्याग्दीको सदरमुकाम बेनीतर्फ आउँदै गरेको जीप बागलुङ नगरपालिकाको ढोडेनी खोला नजिकै दुर्घटना भएको छ। ध १ ज १६४ नम्बरको जिप दुर्घटना हुदाँ ३ जना घाईते भएको प्रत्यक्षदर्शी पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले बेनीअनलाइनलाई बताए । ।

घुम्तीमा दुर्घटना भएर सडकमै पल्टिएको जीपका घाईतेलाई उपचारका लागि बागलुङ अस्पतालतर्फ लगिएको छ ।बागलुङ प्रहरीका अनुसार दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ। घाईतेको अवस्था सामान्य रहेको छ । जीप अनियन्त्रित भएर पल्टिएको यात्रुले बताएका छन् ।

Leave a Reply