प्रा.डा. बोजिन्द्र तुलाचनले विद्यार्थी सफल हुनका लागि आफ्नो क्षमतालाई सबैभन्दा पहिला सम्मान गर्नुपर्ने बताए । मंगलबार विहान म्याग्दी बहुमुखी क्याम्पसमा ‘गेस्ट लेक्चर’को रुपमा उपस्थित भएका दक्षिण कोरियाको खाङ्स विश्वविद्यालय र क्याल्भिन विश्वविद्यालयका प्रोफेसर डा.तुलाचनले आफ्नो लक्ष्य पूरा गर्न सबैभन्दा पहिले आफ्नो क्षमताको स्वयंम मुल्याङ्कन गर्नुपर्ने बताए ।

‘कुनैपनि विधामा उत्कृष्ट हुनसक्नु नै सफलता हो,विद्यार्थीहरुले साथीहरूको लहलहैमा लागेर केही नबुझी निर्णय लिनुहुन्न’डा.तुलाचनले भने ।उनले विद्यार्थी आफ्नो लक्ष्य प्राप्तीका लागि ब्यस्त हुनुपर्ने बताए । जिवनको अन्तिम उदेश्य नै खुसी र सन्तुष्टी भएकाले जोसँग जे सिप छ त्यो लिएर अगाडि बढ्नुपर्छ पर्ने डा.तुलाचनको भनाई छ । ‘हल्लाको पछाडि कहिल्यै नलाग्नुहोला, पढ्दै काम गदैं गर्दा पनि झनै अनुभव हासिल गर्न सकिन्छ’ डा.तुलाचनले भने।

नेपालको शैक्षिक गतिविधिलाई पाठ्यक्रम अनुसार नियमित इन्टर्नसिपको वातावरण बनाउन सकेमासंसारको कुनै पनि ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने बताए। विश्वबजारमा पुगेका नेपाली विद्यार्थीमा देखिएको समस्या समाधानमा पाठ्यक्रममा समयानुकूल परिमार्जनको आवश्यकता समेत रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर,आजु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकास र सहयोगमा स्नातकोत्तर,मानव संसाधन व्यवस्थापनमा पीएचडी तथा आजु विश्वविद्यालयका भिजिटिंग स्कलर समेत रहेका डा. तुलाचनले उच्च शिक्षा अति आवश्यकता रहेको बताए ।

उनले आफ्ना साथीहरू विश्वबजारमा राम्रो धन आर्जन गर्न सफल भएपनि पढाइ बिचमै छोडेकोमा अहिले पछुताइरहेको बताउँदै समयको सदुपयोग गर्न सक्नु नै समय को महत्व बुझ्नु भएको बताए। म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीले समेत नेपालको पढाइ र रोजगारीको तालमेल नमिलेको र दक्षिण कोरियाको शैक्षिक गतिविधिका बारेमा जिज्ञासा राखेका थिए ।

क्याम्पस प्रमुख गोरखबहादुर जिसीले पूर्व विद्यार्थीसँग नजिकको सम्बन्ध स्थापित गरी विभिन्न रचनात्मक कार्यहरु गर्ने योजना रहेको बताए । उनले गेस्ट लेक्चर, प्रिजेन्टेसन, इन्टर्नसिप, प्राक्टिकल क्लासमा केन्द्रित भएर विद्यार्थीको क्षमता विकास गर्ने बताए ।

यसैबीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले नेपाल तथा विश्वबजारमा फरक क्षेत्रमा सफलता प्राप्त गरेकालाई क्याम्पसमा ‘एक्याडमिक गेस्ट लेक्चर’को अनुभव लिने र अनुसन्धानमुलक कार्यमा सहयोग सहकार्यको आवश्यकता रहेको बताए ।

क्याम्पस अध्यक्ष ढुंगानाले क्याम्पसको जनशक्तीको क्षमता विकाससँगै गुणस्तरीय कार्यका लागि समेत निरन्तर लगानी समेत गरिएको बताए । सोही अवसरमा क्याम्पसका निर्वतमान अध्यक्ष बालकृष्ण सुबेदीले जिल्लामा हुने अनुसन्धानमुलक कार्यका लागि क्याम्पसमा केन्द्र बनाउनुपर्ने बताए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरेले गरेका थिए ।

Leave a Reply