३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएको राष्ट्रिय कविता प्रतियोगितामा म्याग्दीकी निरुता बुढाथोकी उत्कृष्ट ५ मा पदैं प्रोत्साहन पुरस्कारबाट सम्मानित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीको अवसर पारेर ४० वर्षमुनिका युवा कविको प्रतियोगितामा ३ सय ५ कविता मध्यबाट ६ वटा कवितालाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा रुकुम पश्चिमका उमेश पुनमगरको कविता प्रथम भएको थियो । त्यसैगरी कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय, अविरल डिसी चौथो, म्याग्दीकी निरुता बुढाथोकी पाँचौँ र लमजुङका प्रवीण अधिकारी छैटौँ भएका छन् ।

प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार, चौथो, पाँचौँ र छैटौँ हुनेलाई पनि प्रोत्साहनस्वरूप १०–१० हजार पुरस्कार दिने राप्रपाले जनाएको छ ।राष्ट्रब्यापी कवितामा सहभागी भएर उत्कृष्ट ५ भित्र पर्नु नै ठूलो सफलता भएको बुढाथोकीले बताइन । म्याग्दीको मंगला गाउँपालिका१ कुहुँ स्थायी ठेगाना भएकी बुढाथोकी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा बिबिएस चौथो बर्षमा अध्ययन गर्दैछिन । म्याग्दी क्याम्पसको “विद्यार्थी क्वालिटी सर्कलको” संयोजक समेत हुन् ।

Adv

 

विद्यालय तह देखि नै निबन्ध प्रतियोगिता, कविता प्रतियोगितामा सहभागी र पुरस्कृत हुँदै आइरहेकी र म्याग्दी जिल्लामा उदयिमान युवा कविको पहिचान बनाउन प्रयत्न गरिरहेकी बुढाथोकीले बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा बिद्यालय अध्ययन पुरा गरेर अहिले सोहि बिद्यालयमा शिक्षण गरिरहेकी छिन ।

Adv

विद्यालयतह देखि नै अत्यन्त्यै जेहेन्दार बुढाथोकी पढाइमा सधै अब्बल रहेको र नेतृत्व क्षमता रहेको न्यु वेष्ट पोइन्ट आवासीय माविका शिक्षक कृष्ण जिसीले बताए । उनले निरुता एक क्षमतावान, सहयोगी र उत्प्रेरक शिक्षक भएको बताए । राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर उत्कृष्ट ६ वटा कबितामा मध्ये पाँचौ स्थानमा पर्न सफल भएकोमा न्यु वेष्ट पोइन्ट विद्यालयले उनलाइ सम्मान समेत गरेको छ । यसअगाडी निरुताले लेखेको बुबा नामक कविता सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

Leave a Reply