राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा स्मृती कार्यक्रम गरेको छ । राप्रपा म्याग्दीको आयोजनामा पार्टी कार्यालयमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्नुभएको थियो ।

राष्ट्र निर्माता भनेर भन्नुको अर्थ नै हामी अहिले नेपाली भनेर शिर उचो गरेर हिड्न पाउनुलाइ सम्झनु पर्ने बताउनुभएको थियो । बेनी नगरपालिकाकी पूर्व उपप्रमुख शञ्जु बरुवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राप्रपाका सचिवले गर्नुभएको थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको तस्बीरमा मल्यार्पण गर्दै पृथ्वीनारायणको योगदानका बारेमा अन्तरक्रिया समेत गरिएको थियो ।

 

Leave a Reply