जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा अन्तर माविस्तरीय छात्र–छात्राको नियमित प्रतियोगिता हुन थालेपछि विद्यालयमा समेत खेलकुद प्रशिक्षण हुन थालेको छ । पालिका, जिल्लास्तरमा नियमित हुने प्रतियोगितालाई लक्षित गरी भलिबल लगायतका खेलको प्रशिक्षणले खेलाडीलाई समेत निकै सहज भएको छ ।

म्याग्दीका रघुगंगा गाउँपालिका–५, झिँ गाउँमा रहेको महेन्द्र माविको आयोजनामा पाँच दिने भलिबल प्रशिक्षण कार्यक्रम भएको छ । विद्यालयमा अध्यनरत विदयार्थी र शिक्षकहरुलाई भलिबल सम्बन्धी आधारभूत सिपका बारेमा जानकारी सहित कलात्मक अभ्यासका लागि म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवम् भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले सहजीकरण गरिरहेका छन् ।

विद्यालयका प्रअ याम शेरपुन्जाले विद्यालयमा रहेका खेलाडीलाई तालिममार्फत थप उत्कृष्ट खेलका लागि प्रोत्साहन गरिएको बताए । तालिका प्रशिक्षक बानियाँले प्रशिक्षणमा शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गरिने बताए ।

प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादनमा सघाएको उनले बताए । भलिबल संघको आयोजनामा आगामी माघ ९ देखि १२ गतेसम्म विद्यालयस्तरीय शिक्षक–शिक्षिका भलिबल प्रतियोगिता समेत हुदैछ । म्याग्दीका सामुदायिक तथा निजी विद्यालयले नियमित प्रशिक्षण गर्न थालेपछि खेलमा समेत सुधार आएको भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले बताए ।

Leave a Reply