म्याग्दीको बेनी नगरपालिका-४,सिंगामा अवस्थित लायन्स क्लब अफ बेनी लब्लिहिलले धवलागिरि माध्यमिक विद्यालयमा अध्ययनरत बहिरा विद्यार्थीलाई १४ हजारको न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालयको बहिरा श्रोत कक्षामा अध्ययनरत १४ जना विद्यार्थीलाई १४ वटा ब्लाङ्केट वितरण गरिएको क्लवका अध्यक्ष नेत्रराज सुबेदीले बताए । उनका अनुसार क्लवका सदस्य बिजय परियारको जन्मदिनको अवसरमा वितरण गरिएको हो ।

वडा अध्यक्ष अण बहादुर खड्काको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा विद्यालयका प्रअ भुवनप्रसाद रेग्मीले सहयोगले विद्यार्थीलाई सहज भएको बताएका थिए ।

विद्यालयले बहिरा विद्यार्थीका लागि प्राप्त बजेट बाहेक विभिन्न क्षेत्रबाट हुने सहयोगको समेत सदु्पयोग गरेको प्रमुख अतिथि खड्काले बताए ।

लायन्स क्लब अफ बेनी लब्लिहिलमा आवद्ध रहेका सदस्यहरुले जन्मदिनमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष सुबेदी, स्वागत प्रथम उपाध्यक्ष सोहन श्रेष्ठ र सञ्चालन सचिव निर्मल खत्रीले गरेका थिए ।

Leave a Reply