जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा प्रथम अन्तर माविस्तरीय छात्र–छात्रा र शिक्षक–शिक्षिका भलिबल प्रतियोगिता आगामी माघ ९ देखि १२ गतेसम्म हुने भएको छ ।

गौमती विकास अक्षय कोषको मुख्य प्रायोजक रहेको प्रतियोगितामा म्याग्दीका सबै स्थानीय तहमा रहेका विद्यालयलाई पत्रचार गरिएको भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उनका अनुसार विद्यार्थी र शिक्षकको प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको बताए ।

‘विद्यालयस्तरका प्रतिभा पहिचानको अवसर हो,सम्भावना भएका खेलाडीलाई नियमित प्रशिक्षण सहितका सुविधाका बारेमा समेत योजना बनाएका छौ’ अध्यक्ष बानियाँले भने ।

उनका अनुसार एउटा विद्यालयमा टिम अपु्ग भएमा अर्को विद्यालयबाट २ जनासम्म विद्यार्थी समावेश गरी खेलमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय २५ हजार, तृतियलाई १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी शिक्षक, शिक्षिकातर्फ प्रथम २० हजार, द्धितिय १० हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको संघका सचिव कुमार किसानले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार नगद रहेको छ ।

प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने उदेश्यले गौतमी कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले सम्झौता÷समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । कोषले बार्षिक २ लाख नगद उपलब्ध गराउने छ । म्याग्दीको ग्रामिण क्षेत्रमा भलिबल आकर्षण धेरै भएकाले नियमित प्रतियोगिताले खेलाडी उत्पादनमा सहज हुने बताइएको छ ।

Leave a Reply