पर्वतको जलजला गाउँपालिकाको आयोजनामा आइतबार लामाखेतमा ३२ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ ।
दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने मुुल नारा सहित छलफल कार्यक्रम गरेर दिवस मनाइएको हो ।

दिवसको मुुल नारामा केन्द्रित भएर अपाङ्गता भएका व्यक्तहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुुभयो । जिल्ला अपाङ्ग संघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङ्गता भएका नागरिकको अधिकारका लागि भएको कानुुनी व्यवस्था, उपभोगको अवस्था, चुुनौति र सम्भावनाको विषयमा सहजिकरण गर्नुभएको थियो ।

उहाँले अपाङ्गता भएका नागरिकहरु आफ्नो अधिकार उपभोगमा अग्रसर र सचेत बन्नुुपर्ने बताउनुुभयो । गाउँपालिकाका उपाध्यक्ष आचार्यले अपाङ्गता भएका नागरिकहरुलाई घरमै पुुगेर परिचयपत्र वितरण गरिएको, आयआर्जन र सचेतनामुुलक कार्यक्रममा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अपाङ्गता भएका नागरिकहरुले कानुुनमा भएको अधिकार उपभोग गर्न नपाएको, यातायातमा छुटको सुविधा कार्यान्वयन नभएको, भौतिक पूूर्वाधार अपाङ्ग मैत्री नभएको, ज्ञान, सिप र क्षमताको उपभोग गर्न नपाएको, समाजमा विभेद भएको गुनासो गरेका थिए । कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी बिन्दु शर्माको सञ्चालन र राजस्व शाखा प्रमुख कृष्ण रिजालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले गाउँपालिकाले अपाङ्गता भएका नागरिकलाई सेवा सुविधामा प्राथमिकता दिएको बताउनुुभयो ।

Leave a Reply