म्याग्दीको बेनी नगरपालिका-६, डम्बराको निलढुंगामा बोलेरो जीप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएका छन्। मंगला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्वरको बोलेरो जीप सोमबार विहान दिउँसो दुर्घटना भएको हो ।

चुत्रेनी र डम्बराको सिमानामा पर्ने सडकखण्डमा खसेको जीपमा सवार यात्रुलाई उपचारका लागि बेनी अस्पतालमा लगिएको चुत्रेनीका स्थानीय यूवा प्रकाश बानियाँले बताए । दुर्घटनामा घाइते भएका मंगला–३ बस्ने २४ बर्षका इन्द्र तुलाचन, ४६ बर्षिय शेरबहादुर दमाई, ४६ बर्षिय कर्णबहादुर रोका, मंगला–४ का ६० बर्षिया मनकुमारी रोका, बेनपा–७ बस्ने ५२ बर्षिय प्रकाश बानियाँ र चालक कर्णबहादुर रोका रहेका छन्।

घाईतेको टाउको, खुट्टा र शरीरमा विभिन्न चोट लागेको छ । हाल घाईतेको अवस्थामा सामान्य रहेको बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेलले बताए । उनका अनुसार एक्सरे सहितको थप रिर्पोट आएपछि आवश्यक परेमा थप उपचारका लागि रिफर गरिने समेत बताए । बेनी–दरबाङ सडकखण्डमा गुडिरहेको गाडी एक्कासी तल खेतमा पुगेको थियो । दुर्घटनाको थप अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply