‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, म्याग्दी जिल्ला भलिबल संघको ब्यवस्थापन र जिल्ला खेलकुद विकास समिति म्याग्दीको संयोजनमा १२ दिने प्रशिक्षणको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।

सदस्य सचिव शर्माले खेलकुद विधामा प्रतिभावान् खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न जिल्लामा प्रशिक्षण सुरू गरिएको बताए । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीपलाई खेलमार्फत नतिजा निकाल्ने, नयाँनयाँ प्रतिभा खोजी गरी अवसर दिने, खेलवृत्तमा गण्डकी प्रदेशको गौरव बढाउने खेलाडी तयार पार्ने सदस्य सचिव शर्माको भनाई थियो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेल भलिबलमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने र राष्ट्रिय टोलीमा धेरै खेलाडीको प्रतिनिधित्व हुने गरी महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए ।

प्रशिक्षणमा ८ जिल्लाका ३० महिला खेलाडीको सहभागिता रहेको छ । प्रशिक्षक तेजेन्द्र बानियाँ, मलिन रोका, ब्यवस्थापनमा कुमार किसान र राजिन पुरी रहेका छन् । उद्घाटन कार्यक्रम जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाको अध्यक्षता र महासचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो। प्रश्क्षिण कार्यक्रम आगामी जेठ १३ गते सम्म सञ्चालन हुने छ।

Leave a Reply