म्याग्दीका कराँते खेलाडी मार्शल गर्बुजाले ५५ औ राष्ट्रिय कराँते प्रतियोगीताको ५५ केजी तौलमा स्वर्ण पदक जितेका छन् । म्याग्दी कराँतेका सिनियर खेलाडी समेत रहेका गर्वुजा नेपाल कराँते महासंघको अयोजनामा प्रतियोगीताको नेपालमा हुने साउथ एशियन कराँते च्याम्पियनका लागि छनौट भएका छन् ।

कराँतेमा क्षेत्रीय तथा राष्ट्रियस्तरमा यसअगाडी समेत स्वर्ण पदक जितेका गर्बुजा थाइल्याण्डमा हुने ६ औं एशियन इनडोर मार्सल आर्टमा समते छनौट भएको नेपाल कराँते महासंघ म्याग्दीका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

‘यो म्याग्दीका लागि राम्रो अवसर हो, प्रतिभाशाली खेलाडी भएकाले दुबै खेलमा स्वर्णपदकको अपेक्षा गरेका छौ’ अध्यक्ष श्रेष्ठले भने । म्याग्दी जिल्लाबाट यसअगाडी समेत मार्सल आर्ट विधामा कराँतेबाट क्षेत्रीय तथा राष्ट्रियस्तरमा च्याम्पियन हुदै पदक जित्ने गरेका थिए । कराँतेमा म्याग्दी गण्डकी प्रदेशमा उत्कृष्ट मध्येमा पर्छ ।

Leave a Reply