जलजला गाउँपालिकाका स्काभेटर चालक कुटिए पर्वतको जलजला गाउँपालिकाका स्काभेटर चालक कुटिएका छन् । तिहारको समयमा बाटो सरसफाई गर्न जलजला गाउँपालिका ८ नाग्लीवाङ गएका पालिकाका स्काभेटर चालक नारायण शर्मा माथि कुटपिट भएको हो ।

सडक सरसफाई गर्न गएका चालक शर्मालाई नाग्लीवाङ ओडारेका ४३ वर्षिय भूपेन्द्र थापाले कुटपिट गरेका हुन् । बिहिबार साझ थापाको कुटाईवाट चालक शर्माको देव्रे हातको कुमको हड्डी भाचिएको छ । आफुले सडक सरसफाई गरेको समयमा एक्कासी मदिरा सेवन गरेर आएका थापाले ढुङगा वर्षाउदै स्केभेर रोकेर आफूलाई कुटपिट गरेको चालक शर्माले बताए ।

आफूमाथि कुटपिट हुँदा केही स्थानिय पनि त्यहाँ भए पनि स्थानियले थापालाई रोक्न नसकेपछि प्रहरी आएपछि मात्र आफू स्काभेटरबाट वाहिर निस्कन सकेको पिडित चालक शर्माले बताए ।

प्रहरीले घाइते शर्मालाई उपचारको लागि बेनी लगेको भएपनि कुटपिट गर्ने थापालाई नियन्त्रण नलिइ छाडेको थियो । पछि शुक्रबार थापा लाई जिल्ला प्रहरी कार्यालय पर्वत उपस्थित गराएपनि छाडेको छ । पिडित पक्षले जाहेरी नदिएको बहानामा प्रहरीले कुटपिट गर्ने थापालाई छाडेको हो ।

थापाको कुटपिटबाट घाइते भएको शर्माको बेनी अस्पतालमा उपचार हुन नसकेपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि तिहारको समयमा चिकित्सक नभएको भन्दै ३० गते अप्रेशन गर्ने अस्पताल प्रशाशनले बताएको घाइते शर्माकी श्रीमती शुशिला शर्माले जानकारी दिनु भयो ।

आफूहरु उपचारमा पोखरा रहेको समयमा प्रहरीले परिवारको तर्फबाट प्रहरीमा जाहेरी नआएको भन्दै प्रहरीले छाडेको पिडितको गुनासो छ । उता गाउँपालिका अध्यक्ष राजु आचार्यले स्काभेटर चालकमाथि कुटपिट गर्ने चालक प्रहरीले छोड्न नहुने भन्दै कुटपिट गर्ने लाई कारवाही हुनुपर्ने बताउनु भयो । सुवास आचार्य 

Leave a Reply