विजय दशमीको उपलक्ष्यमा नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई भोजन गराइएको छ । मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले अभिभावकविहिन बालबालिकालाई ५ हजार बराबरको भोजन गराएका छन् ।

चाडपर्वमा बालबालिकालाई रमाइलो र मिठो भोजन खुवाएर खुसियाली ल्याउन सानो सहयोग गरेको फगामीले बताए । ‘बालबालिकालाई दशैंको महोल बनाउन आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन्छु,‘दशैंका सबैको अनुहारमा मुस्कान ल्याउनुपर्छ’ मोना कतारका संरक्षक रहेका फगामीले भने ।

यसअगाडी फगामी समेत सदस्य रहेको मोना कतार बहुउद्देश्यीय अक्षय कोषले दशैंको अवसरमा नयाँ कपडा उपहार प्रदान गरेको थियो । कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले जन्मभूमिमा सामाजिक एवम् मानवीय सेवा सहितका कार्य गर्न स्थापता गरेको कोषले दशैमा करिब १५ हजार बराबरको सहयोग गरेको छ । बालगृहमा ८ जना बालबालिका रहेका छन् ।

 

Leave a Reply